* अचम्मै भो हरे हरे कस्तो खालमा परे * - Palpali Milan

04 February 2012

demo-image

* अचम्मै भो हरे हरे कस्तो खालमा परे *

Dilip+Rai
उता बाट यता सरे फेरी जालमै परे
आफ्नै सम्झी माया गरे माहा कालमै परे

अन्जुलीमा दियो बालि त्यसैमा तेल हाली
उज्यालोले ज्योती छरे आफु गालमै परे

फाटि गयो मन भनि बसे तारा गनि
चेब्रे बोली हजुर रे उस्कै चालमा परे


कांहा हुन्छ सोचे जस्तो अनि चाहे जस्तो
गल्ती मेरै भयो अरे यस्तै तालमा परे

शंका भो रे म विरुद्ध यस्तै कुरा गर्छ
अचम्मै भो हरे हरे कस्तो खालमा परे

गजलकार
दिलीप राई
भोजपुर नेपाल

Search

Contact Form

Name

Email *

Message *