फेशबुकमा निलो कलरमा कमेन्ट लेख्ने रमाइलो ट्रिक । - Palpali Milan

Recent

24 November 2011

फेशबुकमा निलो कलरमा कमेन्ट लेख्ने रमाइलो ट्रिक ।

फेसबुक  बनाउने  Mark Zuckerberg लाई  पनि  मान्नै  पर्छ । फेसबुकले  गर्दा  आज  आफ्ना साथीहरु,आफन्त लगायत हाम्रो जीवनमा रहेका अन्य व्यक्तिहरु सित अझै नजिकिने तथा विभिन्न देशहरुमा रहेका नयाँ नयाँ साथीहरु चिनजान गर्ने मौका पनि मिलेको छ । फेशबुकमा रहेका च्याट, कमेन्ट अनि लाइक गर्ने गेम खेल्ने लगायतका थुप्रै सुविधाले यसले संसारभरिका करौँडौँ मान्छेहरुलाई मोहनीनी लगाएको छ ।

फेसबुकमा च्याटको मज्जा त छदैँछ तर साथीको फोटो र स्टाटसमा कमेन्ट हान्न पाउँदा र आफुले पाएको कमेन्टको रिप्लाई गर्न जतिको मज्जा सायदै अरु केही हुन्छ होला ? फेशबुकमा कमेन्ट लेख्दा कालो कलरमा देखिन्छ भने त सबैलाई थाहा भएकै कुरा हो तर त्यही कमेन्ट निलो कलरमा पनि लेख्न मिल्छ भन्ने कुराबाट धेरै साथी अनभिज्ञ हुनुहुन्छ होला । त्यसैले आजको यो पोस्टमार्फत फेशबुक आर्टले ल्याएको नयाँ कन्सेप्ट अर्थात फेशबुकमा निलो कलरमा कमेन्ट कसरी लेख्ने त्यसको बारेमा जानकारी दिदैँछु ।


फेशबुकमा निलो कलरमा कमेन्ट लेख्न निकै सजिलो छ तर यसले गुप्रमा भने काम गर्दैन अर्थात गुप्रमा निलो कलर देखिदैँन तर अन्त भने यसले मज्जाले काम गर्छ । जसको लागिः


@@[0:[159551127401927:0: हजुरको कमेन्ट यहाँ लेख्नुहोस]]


माथि दिएको कोडमा
1.हजुरको कमेन्ट यहाँ लेख्नुहोस लाई हटाएर त्यसको ठाउँमा आफ्नो COMMENT लेख्नुहोस ।
2. अब कपि गरेर कमेन्ट बक्समा पेस्ट गर्नुहोस हजुरको कमेन्ट निलोमा देखिनेछ ।

उदाहरको लागि यदि निलो कलरमा I Like This लेख्न चाहानुहुन्छ भने


@@[0:[159551127401927:0: I Like This]]

लेखि त्यसलाई कपि गरेर कमेन्ट बक्समा पेस्ट गर्नुहोस हजुरको कमेन्ट निलोमा देखिनेछ ।
रमाइलो छ नि है ? 
concept: Ғасєвффк Әят
Special Thanks 2 Magar Gangu .

No comments:

Post a Comment

Search