Congratulation…You are in Love ( Nepali Love Tips ) - Palpali Milan

14 March 2016

demo-image

Congratulation…You are in Love ( Nepali Love Tips )


couple+in+love+nepali+cute+couple+nepali+cute+lover+manisha+aryal+laxman+gyawali“माया”  संसारकै सबै भन्दा प्यारो शब्द । यो शब्द सुन्दा नै एउटा अनौठो आत्मियताको आभास हुन्छ । मुटुको ढुकढुकी अचानक केहि बढे जस्तो हुन्छ अनि थाहै नपाई शरीरभरी खुशिको संचार हुन्छ अनि हास्दिँन भन्दा भन्दै पनि मनले मान्दै मान्दैन अनि अहिले हजुर जसरी मुस्कुराउनुभएकोछ त्यसरी नै मुस्कुराउन मन लाग्छ ।

“माया” झट्ट हेर्दा यो शब्द निकै सानो देखिन्छ तर यो आफैँमा अत्यन्तै विशाल छ । आदर, स्नेह, प्रेम, लगाव, मोह आदि कैयौँ पर्यायवाची शब्द छन् मायाको । मायाको बारेमा यसरी नै अरु कुरा गदैँ गरौँला तर आजको बसाइमा आफु मायामा परेको कसरी थाहा पाउने त्यता तिर लागौँ ।

कसैसित मायामा पर्दा देखिने केहि लक्षणहरु:.
.

१. लुकीलुकी उनैलाई हेरीरहु जस्तो लाग्छ

हजुरको स्कुल वा कलेजमा वा घरतिर वा अन्य कतै रहेको उनीलाई लुकीलुकी हेर्नुहुन्छ अनि उनि सित नजर जुध्ने बित्तिकै लजाएर अन्तै हेर्नुहुन्छ र केहीबेर पछि फेरी उनैलाई लुकीलुकी हेर्नुहुन्छ भने हजुर उसित आर्कषित हुनुभएको छ भनी बुझ्दा हुन्छ । आर्कषण नै मायाको पहिलो चरण हो ।


२. उनको सामु पर्दा मुटु अलि बढी नै धड्किन थाल्छ....

अरु साथीहरुसित मज्जाले बोले पनि उनको सामु पर्दा मुटुको ढुकढुकी अचानक बढ्छ अनि बोल्न चाहदाँचाहदैँ पनि केही बोल्न सक्नुहुन्न वा बोल्दा पनि अलि अलि लरबराए जस्तो हुन्छ भने हजुरको मुटुमा उनले राज गर्न लागी सकिन भनी बुझ्दा हुन्छ ।

३. उनलाई देख्दा मनमा खुशी लाग्छ उनीसित बोलिरहन मन लाग्छ

अरु थुप्रै साथीहरु हुदाँहुदैँ पनि उनलाई नदेखेसम्म मन निराश हुने अनि बोल्न पनि मन नलाग्ने तर उनलाई देखेपछि मन खुशीले फुरुङ्ग हुन्छ अनि उनीसित घन्टौँ कुरा गर्दा पनि समय बितेको थाहै पाउनुहुदैँन र उनीसित आफ्ना हरेक कुरा शेयर गर्नुहुन्छ भने कुरा के हो आफैँ बुझ्दा हुन्छ ।
240px-Couple_%40_Kasai_Rinkai_Park
४. आफ्नो सरसफाइ अनि डेस्रअपमा अलि बढी नै ध्यान दिनथालेमा

हजुरको जीवनमा उनी आउनु भन्दा पहिला सामान्य पहिरनमै रमाउने हजुर उनीलाई देखेपछि अलि बढी नै चिटिचट्याक बन्न थाल्नुभयो हल्कापुल्का सेन्ट छरेर हिन्ने, हल्कापुल्का मेकअप सेकअप पनि गर्न थाल्नुभयो भने कुरो त त्यही हो भनी बुझी गये भो नि ।

५. उनको हरेक बारेमा हरेक कुराको जानकारी राख्नुहुन्छ

आफ्नो अनि आफ्नो वेस्टफेन्ड्रको वर्थडे भुले पनि उनलाई कुन कलर मन पर्छ, खानामा के मनपर्छ, कुन ठाउँ मनपर्छ लगायत जे सोधेमा पनि फ्याट्टै उत्तर दिनुहुन्छ अनि उनको वर्थडे मा राती वाह्र बजेसम्म बसेर पनि विश गर्नुहुन्छ भने मैले के भनम हजुर यति त हजुर आफैले बुज्नुहुन्छ ।

६. परिवारमा साथीहरुमाझ समेत उनकै कुरा गर्नुहुन्छ भने

आफ्नो घरमा अरु साथीहरुको भन्दा उनकै कुरा बढी गर्नुहुन्छ । अनि आफ्नो नजिकका साथीहरुमाझ पनि खाली उनकै कुरा गर्नुहुन्छ भने हजुर उनीसित माया जालमा पर्नु भयो पर्नु भयो ।

७. उनको लागि जे पनि गर्न तयार हुनुहुन्छ

प्राय शन्त नै रहन रुचाउने हजुर उनको विरुद्धमा कसैले एक शब्द बोले पनि निकै रिसाउनुहुन्छ र प्रतिकार गर्नुहुन्छ वा प्रतिकार नै नगरे पनि आफ्नो मन निकै दुखाउनुहुन्छ । अरुले भनेका केही कुरा नमाने पनि वा कमै मानेपनि उनले भनेका हरेक कुरा मान्नुहुन्छ वा उनका लागि जे पनि गर्न तयार हुनुहुन्छ भने यो माया नै त हो ।

८. उनकै बारेमा सोचिरहनुहुन्छ ...

उनी सामु नहुदाँ उनकै बारेमा सोचिरहनुहुन्छ । एक्लो भयो कि उनकै याद आउछँ । उनीसँग दिनभरी पार्कमा बसेर आउना साथ फेरी उनसित कुरा गर्न फोन गर्नुहुन्छ । अरुसित फोनमा एक–दुई मिनेट मुस्किलले बोले पनि उनीसित भने घण्टौँ बोलिरहनुहुन्छ भने यसैलाई त माया भन्छन नि साथी ।Youth_and_Time_1901

९. उनीविना जिउने कल्पनै गर्न सक्नुहुन्न

यो भनेको लास्ट चरण हो साथी । हरेकपल उनैलाई सम्झिनुहुन्छ । सपनीमा पनि उनैलाई देख्नुहुन्छ । उनलाई नदेखे सम्म न खान मन लाग्छ, न कहि जान मन लाग्छ, न कसैसित बोल्न मन लाग्छ । सयौँको भिडमा पनि हजुरको नयनने उनैलाई खोजी हेरिरहन्छ यस्तै यस्तै....हुन्छ भने

Congratulation…You are in Love !!!!


अब धेरै नकुर्नु साथी....उनलाई आफ्नो मनको कुरा बताइहाल्नुहोस । कुरिरहँदा कतै ढिलो होला नि फेरी ।

जति माया अरुलाई गर्नुहुनेछ त्यो भन्दा धेरै माया हजुरले पाउनुहुनेछ ।
 त्यसैले माया गर्नुस, मायामै रमाउनुहोस ।
240px-Francesco_Hayez_008
।।। जदौ ।।।
Congratulation…You are in Love ( Nepali Love Tips )

Search

Contact Form

Name

Email *

Message *