झुत्रेजेठा दाईका चार गमक गेडीहरु । - Palpali Milan

Recent

29 January 2012

झुत्रेजेठा दाईका चार गमक गेडीहरु ।


टुट्यो नाता तिमीले खुशी मात्रै रोजेर ।

गरीबको झुप्रोमा सुन चाँदी खोजेर ।।

कोदो जाँतोमा

हिरा फल्छ आफ्नै माटोमा ।१।



रेट्यौ मेरो कलेजी पिरतिको धारले ।

दुखीरन्छ यो छात्ती बैगुनिको मारले ।।

पूर्बै ईलाम

यो जिन्दगी भयो लीलाम ।२।




सुख जोज्न जादैछु पराईको देशमा ।

जन्मभुमी छोडेर मागीखाने भेशमा ।।

परे सर्ममा

यस्तै रै'छ मेरो कर्ममा ।३।



आधिखोला उर्लेर आयो तरु कसरी ।

आफ्नै हत्या उमेरै छँदा गरु कसरी ।।

रातो रिवन

रै'छ मेरो दुखी जीवन ।४।






Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई )
झुत्रेजेठा दाईका चार गमक गेडीहरु ।

No comments:

Post a Comment

Search