नेपालमा संघियता किन र कति ??? - Palpali Milan

Recent

05 January 2012

नेपालमा संघियता किन र कति ???

५-७ ..किन भने राज्य जति धेरै उति धेरै भाडभैलो,जति धेरै राज्य उति आर्थिक भार जुन थेग्न पनि गाह्रो हुनेगर्छ जसको उदाहरण हाम्रो छिमेकी भारत छदै छ । जहाँ हरेक दिन १/२ राज्य मा बन्द हड्ताल हुन्छ-हुन्छ तर मैले संघियताको विरोध गर्दिन। किनभने त्यो सम्भव रहेन । अब चित्र बहादुर के.सि.हरुको विरोध छुट्टै धार सिवाय केहि हुदै होइन र रहेन । 
                                                     अब जसले संघियताको कुरा उठाउदै छन् उनिहरुसंग बहुमत रहेकोले पनि र कुनै अकल्पनीय राजनीतिक खेल भएनन भने अब संघियताको विकल्प रहेन । हामी युवाहरु पनि यस्ता कुरामा जानकार हुनु अत्यन्तै आवश्यक छ । हामी युवाहरु नै यो देशका शक्ति हौ,हाम्रै काधमा देश टिक्छ,तर पनि बिडम्बना कतिपय युवाशक्ति भने बुढा-खाडा र दक्षिण पन्थीहरुको पछी लागेर हिडेको देख्दा भने धेरै नै दुख लाग्छ। कतिपय युवा भने राजनीति देखि दिक्दार भएका छन्,जसले गर्दा हाम्रो देशको दुर्गति खोज्नेहरुलाई के खोज्छस कानो आँखो भने जस्तो भएको छ । तर पनि संघियताबाट केहि होला भन्ने आस गर्न भने सकिन्छ ।


कतिपयले संघियताले देश तुक्राउछ भन्छन, जुन केहि हद सम्म पक्कै सम्भब छ । जस्को उदाहरण रसिया छदै छ तर पनि यदी केन्द्रिय सरकारसंग बढी शक्ति भए त्यो सम्भब भने हुदैन। जसको उदाहरण संसारमा धेरै देशहरु छदै भने क्यानडा संघियतामा गएर पछी फेरी केन्द्रिकृत व्यवस्था फर्किएको कुरा पुरानो पनि रहेन अब । तर नेपालको प्रमुख समस्या नेपालमा हरेक जातिले एक-एक राज्य माग्नु हो । जुन सम्भव छैन,भन्नै पर्दा जातीय राज्य सम्भव छैन । कुनै पनि नेपाली त्यस्तो नेपाली जाति नै छैन जो संग ५०% मात्र जनासंख्या भएको क्षेत्र होस् तर पनि संघियताले जनजाति,उत्पीडित,पिछडाबर्गहरुलाई राज्यको मूलधारमा ल्याएमा उनीहरुको उत्थान हुनेकुरामा कुनै शंका भने छैन । 
                                                                         मैले संघियताको समर्थन गर्नुमा अर्को कारण, उदाहरण के पनि हो भने नेपालीहरुले जंगलको सम्रक्षण गर्नुको कारण समुदायलाई हस्तान्तरणबाट प्राप्त उपलब्धि, जस कारणले नेपाल संसारलाई वन-जंगल संरक्षणको नमुना बनाउन सकियो,सरकारी विद्यालयलाई समुदायमा हस्थान्तरण गर्दा आज धेरै सामुदायिक विद्यालय निजी बोडिङ्ग स्कुल संग प्रतिस्प्रधा गर्न सक्षम भएका छन् । यी उपलब्धिहरु कुनै चानचुने कुरा भने होइनन । यो संघियतामा पनि लागु भए हाम्रो देश बिकसित हुन १०/१२ बर्ष सिवाय समय लाग्ने छैन । त्यसैले म संघियता प्रति सकारात्मक अनि उत्साहित छु ।

तर पनि हामीहरु संघियताले उठाउने समस्या देखि खबरदारी हुनै पर्छ, नत्र "नेपाल भन्ने कुनै एक सुन्दर देश थियो ।" भनेर भन्ने अबस्था नआउला भनेर ठोकुवा गर्न भने सकिदैन, उदाहरण को लागि धेरै टाढा जाने पर्दैन , हाम्रै नमुना सामुदायिक बनको कुरा गरौ न, जहाँ कतिपय समितिले जंगलि काठको दलाली गरेर जंगलको सत्यानास गरेका मात्र छैनन् करोडौ कमाउदै पनि छन् । अझ कतिपय व्यक्तिहरुले खुल्लम खुल्ला नेपालका २२ जिल्ला टुक्राएर छुट्टै देश बनाउछौ भन्ने राष्ट्रियताको जगलाई खलबलाउनेहरु देखि सावधान हुनै पर्ने छ, यस्ता कुरामा हामी सजग रहन सके हामीले हाम्रो देश बिकसित बनाउन सक्ने नै छौ । 

                                                                         हामी आशा गरौ हाम्रो देश टुक्राउनेहरु आउदो चुनाबबाट पाखा लगाउन सकौ,संघियताले हाम्रो देशमा सुनैलो बिहानी ल्याओस बस अब हाम्रो आशा नै संविधान अनि आम चुनाब जसले देशलाई एउटा निकास देओस । 
सबै नेपालीको जय होस ।

म्याड नेपाली सोल्टा “पागल कवि”

No comments:

Post a Comment

Search