समाजको हात ( लघु कथा ) - Palpali Milan

Recent

25 January 2012

समाजको हात ( लघु कथा )

रामकाजी भर्‍याङ देखिनै गौरी उच्चारण गर्दै कोठामा छिर्‍यो।
के भयो हजुर ? गौरीले सोधी।
कैलाश देखिदैननी कता गयो ?
भर्खरै बाहिरतिर टहलन जान्छु भन्दै निक्लिएको थियो। भोलि बिहान दस बजेको प्लेनबाट हाम्री छोरी जुनु पढाई सकेर आउँदैछे। बेलैमा गाडी लिएर कैलाश एयरपोर्ट पुगोस्।
हजुर गए हुनेनी ?
हैन! तिमीलाई मैले उतिमाथि भनेको झन् भोलि मेरो अर्जेन्ट मिटीङ छ भनेर?
हजुरको कैले घरमा बास हुदैन। ह्याँ आफू सडग गल्ली हिँड्नु हुदैन भ्रस्टाचारीकी श्रीमती भनेर। औंला ताक्छन्।

त्यसमा तिमीले दु:ख मान्नु पर्दैन। जुन दिन जनताले नेताहरू पनि यहि समाजका सदश्य हुन र उनिहरुलाई भ्रस्टाचारी बनाउँनुमा यो समाजको पनि ठूलो हात छ भन्ने कुरा बुझ्नेछन्।तव त्यो दिन उनिहरु धेरै पछुताउने छन्।

हजुरले त बडो रहस्यमय कुरा उगेल्नु भयो कसरी ? गौरी जिज्ञासु बनी।

भेरी सिम्पल। सुन-धन सम्पत्ति नभएको र पहुँचहीन मान्छेलाई यो समाजले केही नभएको बुङ्गोको उपमा भिराएर हैरान पार्छ।जो सँग सोर्स फोर्स छैन उनिहरुले घुस दिन्छन् र असम्भव कामलाई सम्भव बनाउछन्। त्यसैले हामी नेता मजबुर भएर अकुत सम्पत्ति जोड्न तलिन छौं।

कथाकार
गीता थापा दोषी
हाल ईजरायल 

Search