तिम्रै नाम केरी बसे । नेपाली गीत । बिमला अधिकारी । - Palpali Milan

Recent

09 February 2012

तिम्रै नाम केरी बसे । नेपाली गीत । बिमला अधिकारी ।


सागर तरी किनारामा तिम्रै बाटो हेरी बसे
हृदयको पाना भरि तिम्रै नाम केरी बसे

जब हुन्छु एकान्तमा अतितले घेर्छ मलाई
तिम्रो न्यानो स्पर्शले कल्पमा मै बेर्छ मलाई
उर्लिएका चाह हरु आफ्नै मनले सेरी बसे
हृदयको पाना भरि तिम्रै नाम केरी बसे



सक्दिन कि तिमी बिना टाढीएर बाच्न पनि
माया अन्तै बाँडी दियौ जीवन भरि साच्न पनि
जति दियौ आँसु हाँसो मुटु भरि बेरी बसे
हृदयको पाना भरि तिम्रै नाम केरी बसे

सागर तरी किनारामा तिम्रै बाटो हेरी बसे
हृदयको पाना भरि तिम्रै नाम केरी बसे

गीतकार
बिमला अधिकारी {देवकोटा}
भरतपुर चितवन

No comments:

Post a Comment

Search