अहिले बिहानको नौ बज्न लागेको छ तर सुर्यले आफ्नो प्रचन्ड रुप लियिसकेकोछ छ । हातमा एउटा हरियो बोतलमा अलिकती पानी र एउटा सानो कालो कलरको झोला लिएर रुपक पिपलको छहारीमा सुस्ताइरहेकोछ । दुई दिन र आठ घण्टाको थकाईलाग्दो हिडाइ पछी बल्लतल्ल उ अन्तत लोकमार्ग (Highway)मा आयिपुगेकोछ । पसिनाले पुरै भिजेको उ नजिकै रहेको काठको मुढामा थच्चक बस्छ र अनायसै उस्को मुखबाट 'धन्य भगवान' भन्ने शब्द निस्किन्छ । ननीस्कोश पनि कसरी उसले त बाच्ने आशा नै मारिसकेको थियो
..
.
तर खोइ कुन शक्त्तीले उस्लाई हिम्मत दिदै गयो र अन्तत उ लोकमार्गमा आइपुग्यो । मुढामा थच्चक्क बसेको उ खोइ कतिखेर त्यही मुढामा भुस्सुक निदाउन पुग्छ । टि-टि प्वा-प्वाको चर्को आवाज सुनेर रुपक झसँग बिउजिन्छ अनी दुई हात ले रातो हुने गरी आँखा मोल्छ र त्यो चर्को आवाज कताबाट आएको रहेछ भनी हाइ गर्दै जिउ तान्दै यता उता हेर्दछ , उस्ले देख्छ टाढाबाट एउटा रातो कार उ भएतिर आउँदैछ , उस्को खुशीको सिमाना नै रहन्न र "Yes,Yes" भन्दै दुइचोटी बुरुक्क बुरुक्क उफ्रिन्छ अनी यसो घडी हेर्द्छ त दिउसोको तीन बजिसकेको हुन्छ , उस्लाई अच्म्म लाग्छ , अनी मन्मनै सोच्छ कती चाडो छ घण्टा बितिसकेछ । उ फेरी त्यो कार आएतिर हेर्दछ अनी आफ्नो झोला बोक्छ र बोतलमा रहेको अलिकती पानीले आफ्नो धुलैधुलो भएको मुहार पखाल्छ र कार आएको बाटोतिर अगी बड्दछ ......
..........................................To be Continue..........
No comments:
Post a Comment