*************Rupak Part-2**************** - Palpali Milan

Recent

30 July 2010

*************Rupak Part-2****************

रुपक Part-2
नजिकिदैँ गरेको कार तिर रुपक अगि बढ्दैँ जान्छ अनि उसले देख्छ त्यो रातोकार कालो कलरको सुट र रातो सर्ट र हल्का निलो कलरको टाई लगाएको एउटा मान्छेले चलाइरहेको छ । कार खाली नै छ यो मान्छेले पक्का पनि मलाई लिफ्ट दिइहाल्छ भन्दै रुपक मनमनै खुशि हुन्छ अनि आफ्नो दायाँहातको बुढीऔँला देखाएर लिफ्ट please , लिफ्ट please भन्दै चिच्याउँछ , त्यो कारवालाले कारको गति बिस्तारै कम गर्दै रुपक भए तिर आउँछ । कार आफु भएतिर आउँदै गरेको देखेर रुपक खुशि भएर yes , yes भन्दै दुईचोटि बुरुक्क बुरुक्क उफ्रिन्छ , त्यही बखत उसको कालो ब्यागको खोल्टीबाट एउटा सानो छुरी खस्दछ ।
 रुपक त्यो छुरी टिप्न भनेर निहुरिन्छ तर त्यो कारवालाले के सोच्छ कुन्नी अनी अचानक कारको गति बढाएर त्यहाँबाट जान्छ ।

रुपक stop..stop भन्दै चिच्याउदै त्यो कारको पछि पछि भाग्छ , त्यही क्रममा उसको हातबाट हरियो बोतल र झोला पनि भुइँमा खस्छ तर कारवाला मान्छे एकछिनमै त्यहाँबाट धेरै पर पुगिसकेको हुन्छ । रुपकलाई हुनुसम्मको रिस उठ्छ अनि मुखमा आएजतिको गालि गर्दै त्यो कार गएको बाटोतिर ढुङ्गा टिप्दैँ फाल्छ अनि एकैछिनपछि हतास भएर भगवान अनि आफ्नो भाग्यलाई गालि गर्दै आफ्नो झोला लिनलाई अगिकै ठाँउतिर फर्किन्छ ।

रुपकले आफ्नो झोला र बोतल भुइँबाट उठाँउछ अनि अगि खसेको सानो छुरि पनि टिपेर झोलामा राख्छ अनि कतै पानि पाइन्छ कि भनेर यताउता हेर्न थाल्छ तर यत्तिकैमा उसले टाढाबाटै एउटा कालो कार आउँदै गरेको देख्छ । निराशा छाएको उसको मुहारमा फेरी आशारुपी मुस्कान छाउँछ । ऊँ त्यो कार आएको बाटोतिर हिड्दछ , नजिकिदैँ गरेको कारमा अत्यन्तै आधुनिक पहिरनमा सुसजित एक युवतिले कार चलाउदैँ गरेको देखेर लिफ्ट पाउने आशामा दुईचोटी लिफ्ट please लिफ्ट please भन्दैँ चिच्याएर आफ्नो बुढि औँला देखाँउछ अनि फेरी एकमनले सोच्दछ अगिको बुढोले त लिफ्ट दिएन झन् यसले के लिफ्ट देली , अनि निराश भएर त्यही पुरानो मुढोतिर हिड्न थान्छ तर उसले सोचे विपरित उसलाई अच्चम पार्ने गरी त्यी युवतीले आफ्नो कारको speed कम गर्दै रुपक भएतिर नै ल्याँउछिन् ।
आखिर त्यी युवती को हुन् ? के त्यी युवतीले पिडित रुपकलाई लिफ्ट दिएर सहयोग गर्लिन या त्यी युवती पनि पहिलाको बुढो झैँ त्यहाँबाट भाग्लिन् ? खुल्दुली त पक्का पनि लाग्यो होला होइन् ?

No comments:

Post a Comment

Search