स्कुले जीवनको दश वर्षको अथक मेहेनत र लगनको मुल्याङ्कनको आधार मानिने प्रवेशिका SLC परिक्षा नजिकिदैँ गरेको हुन्छ । सबै विर्धाथीहरु अन्तिम तयारीमा लागिरहेका हुन्छन्, त्यीनै लाखौँ विर्धाथीहरुमध्येको एक र यस कथाको मुख्य पात्र “नविन” पनि राम्रो नतिजा ल्याउने अठोटका साथ परिक्षाको तयारी गरिरहेको हुन्छ । यस्तैमा एक दिन ऊ प्रवेशपत्र लिन भनी आफ्ना केही साथीसहित आफ्नो स्कुल जान्छ तर जब उसको सरहरुले प्रवेशपत्र लिनको लागि फिसबाहेक छुट्टै रु.२००० दिनुपर्दछ भन्छन्, सबै अचम्मित र आक्रोशित हुदैँ “ किन दिने तेत्रो पैशा ?” भन्छन्
।“किन हुनु नि, तिमीहरुलाई जाँचमा सिकाउन अनि चोराउन परीहान्छ, त्यसैको पैशा हो ।” प्रिन्सिपलको यो भनाइ सुनेर नविन र उसको सबै साथीहरु एकछिन त छक्क पर्छन




जब नविन घर पुग्छ, रिसले यताउता गर्दै एक्लै भुनभुनाउन थान्छ । उसको आक्रोशित रुप देखेर उसको बुवा छक्क पर्दै “होइन, के भो तलाई ? किन यताउता गरिराछस् हँ...?” भन्नुहुन्छ ।


नबिनले आफ्नो बुवालाई सबै कुराको बेलिबिस्तार लगाँउछ । उसको कुरा सुनेर बुवा पनि रिसाउनु होला भनेको त् वहाँ त् मुसुमुसु हाँस्न पो थाल्नुहुन्छ । अनि के गर्छस् त बावु, तेरो स्कुल त नाम चलेको स्कुल प¥र्यो , अस्वस्थ प्रतिस्पर्धाको युग छ, जसरी हुन्छ कसले धेरै विधार्थी विशिष्ठ र प्रथम श्रेणीमा उतिर्ण गराउने भन्ने होड नै चलेको छ, अनि सबैले त्यस्तै गर्छन् तेरो स्कुलले पनि गरेछ, अब हामिले त्यसमा के नै गर्न सक्छौँ र , छोड्दे नरिसा बाबु यस्तै हो के गर्छस् भन्दै पुःन मुस्कुराउन थाल्नुहुन्छ ।


बुवाको यस्तो नविनको रिसको पारो झन् तात्छ । “यो सब हामिले सहेर बसेर त भको हो नि, पढाउने बेलामा पढाउने होइन, अनि अहिले तिनीहरुलाई अझ उल्टै दुई–दुई हजार दिनुपर्ने रे...डाकाँहरु, जति पैशा भएर नि नपुगेका द्रव्यपिचासहरु, होइन यो सरकारले पनि कानमा तेल राखेरझै किन केही नगरी खालि लाटाले केरा हेरेझैँ टोलाएर बसिरहन्छ कुन्नि....?


“सरकारले किन केही गरुस, उसलाई त दोहोरो फाइदा छ नि । एकातिर यस्तो गर्दा एकातिर धेरै विधार्थीहरु पास हुने भए अनि शैक्षिकस्तर राम्रो भयो भन्दै बाहिरबाट टन्न अनुदान र सहयोग आउने भयो अनि अर्कोतिर सरकारी पदहरुमा आवश्यकता खुलाँउदा सयौँ गुना बढि आवेदन पर्दछ, अनि त्यी कर्मचारीलाई दशौँवर्षसम्म तलव दिन पुग्ने पैशा पनि उठि हाल्छ, सरकारलाई त दुईतिरै फाइदैफाइदा छ नि, उखानै छ नि दुबै हातमा लड्डु, कसो नविन ?” यति भनेर नविनको बुवा फेरी मुस्कुराउन थाल्नुहुन्छ ।


“ठीकै छ नि त , जाँचमा दुबै हातमा लड्डु भनेको के हो भनेर सोध्यो भने मैले पनि हजुरले भनेकै कुरा लेखिदिउँला नि त्...” भन्दै नविन आफ्नो कोठातिर लाग्दछ ।


नविनको बुवाले कुरा ठिकै त हो नि , होइन त साथीहरु ? आफ्नो विचार व्यक्त गर्न चाहानुहुन्छ भने Comment मा Click गरी आफ्नो मनमा लागेका कुराहरु लेख्नुहोला ।
For more info click here
र जतिगरेपनि रु.२००० नतिरी प्रवेशपत्र नपाउने कुरा बुझेपछि पैशा बुझाएर प्रवेशपत्र लिएर जान्छन ।
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.