*******Rupak part-3***** - Palpali Milan

Recent

21 September 2010

*******Rupak part-3*****

mYsterious giRL
नजिकिदैँ गरेको कार रुपक भएनिर आएर रोकिन्छ । “हेल्लो रुपकजी” यो आवाज सुनेर रुपक झसङ्ग हुन्छ अनि पछाडि फर्के हेर्दा त्यी युवती रुपकलाई नै हेरेर मुस्कुराइरहेकी हन्छिन् । रुपकलाई अच्चम लागेर आउँछ अनि उसले “ माफ गर्नुहोला तर मैले हजुरलाई त चिन्न सकिन नि अनि हजुरले मेरो नाम कसरि थाहा पाउनुभयो ?” भनि सोध्दछ । त्यसपछि त्यी युवतीले मन्द मुस्कान छर्दै “ रुपकजी परिचय गर्दै गरौँला नि तर जहाँसम्म मलाई लाग्छ हजुरलाई अहिले लिफ्ट चाहिएको छ , होइन र ?” भन्छिन । त्यी युवतीको यस्तो कुरा सुनेर निराशा छाएको रुपकको मुहारमा फेरी मुस्कान छाँउछ अनि खुशि मिसिएको स्वरमा अतालिदैँ “ त्यो त हो, मेरो मतलब , मैले भन्न खोजेको, यसको मतलब हजुरले मलाई लिफ्ट दिनुहुन्छ , Thank u, I mean Thank u very much, Thank God finally.” भन्दै कारको पछिल्लतिरको ढोका खोल्न खोज्छ तर त्यी युवतीले रुपकको हात छोप्छिन अनि मुस्कुराउदैँ “रुपकजी अगाडिको सिट पनि खालि नै छ, अगाडि नै बस्न मिल्दैनन र ?”
..
.

 भन्छिन । रुपक उहि आफ्नो चिरपरिचित अन्दाजमा अलि–अलि लजाउदैँ ए भइहाल्छ नि भन्दै अगितिरको सिटमा गएर बस्छ अनि त्यी युवतीले कार स्र्टाट गर्छिन र दुवै त्यो ठाउँबाट अगि बढ्छन ।

एकातिर मनै लोभ्याउने हरियो घना वन र अर्कोतिर गङ्गासरि निर्मल अत्यन्तै आकर्षक नदिको बिचमा रहेको नागबेली बाटोमा त्यी युवती र रुपक सवार कार अगि बढ्दै जान्छ । एकैछिन पछि रुपक त्यी युवतीलाई हेर्न यसो उनीतिर के फर्केको थियो त्यी युवती पनि रुपकतिर फर्किन्छिन्, दुवैको नजर जुध्दछ अनि दुवैको फेरि दुवैको मुहारमा लजालु मुस्कान छाउँछ । यो क्रम एकछिन सम्म चलिनै रहन्छ अनि आँटै गरेर रुपकले त्यी युवतीलाई सोध्दछ–“ अनि हजुरले मेरो अघिको प्रश्नको उत्तर त दिनुभएन नि ?” त्यी युवतीले पनि आफ्नो मन्द मुस्कान छर्दै “ ए त नि हैँ मैले नि बिर्सिराको, म चाहिँ रुपा ।”

रुपकले मनमनै सोच्न लाग्छ “ रुपा ,Wow, कति रामा्रे नाम ठ्याक्कै मेरो नामसित मिल्दो रहेछ ।” “होइन रुपकजी के भो ? किन टोलाउन थाल्नुभयो ?” रुपाको यो प्रश्न सुनेर रुपक झसङ्ग हुन्छ अनि भन्छ–“ होइन, केही भाछैँन हजुरको नाम हजुरजस्तै राम्रो रहेछ तर रुपाजी नरिसाउनु होला मैले त हजुरलाई अझ पनि चिन्न सकिन नि
मन्द मुस्कानको साथमा रुपाले भन्छिन–“ हो र रुपकजी धन्यवाद अनि मलाई थाहा छ रुपकजी हजुरले मलाई चिन्नुहुन्न भनेर, प्रजाले आफ्नो राजालाई चिने पनि राजाले प्रजालाई चिन्नै पर्दछ भन्ने त छैन नि , हामी दुईको हकमा म चाहिँ प्रजा परे अनि हजुरले चिन्नु भएन भन्दैमा म रिसाउन त मिलेन नी , होइन र ?” रुपाको कुरा नबुझे पनि रुपक मुस्कुराउँछ अनि रुपाले फेरी भन्छिन–“ Actually, रुपकजी हजुर त तीन–तीन पटक राष्ट्रिय पुरस्कार जित्नुभको देशकै नामी फोटोगा्रफर पर्नु भो अनि म चाहिँ हजुरको ठुलै फ्यान परे । हजुरसित भेट्ने ठुलो रहर थियो बल्ल आज त्यो रहर पुरा भयो, अनि हजुर त्यस्तो सुनुसान ठाउँमा एक्लै के गरिरहनु भको थियो नि ?”

“ए म, Actualy म चाँहि “भुलौरे” गाउँमा भेटिएको एउटा अनौठो प्रजातिको जनावरको अद्ययन गर्न र तस्बिर लिन गको थिए तर दुर्भाग्यवश बाटो बिराएर तीनसम्म जंगलैजंगलको बाटो बिराएर आज बल्ल त्यहाँ आइपुगेको थिए । झोलामा रहेको क्यामेरा देखाँउदै –क्यामेरा पनि बिग्रियो अरु सामान पनि सबै हरायो एकचोटी एउटा ठुलो ढुङ्गाबाट चिप्लिएर धन्नै स्वर्गै पुगेको धन्न हजुरसित भेट भयो भन्दै हास्छँ । रुपकको कुरा सुनि सकेपछि रुपाले दुखी हुदैँ “ हजुरले त धेरै दुःख पाउनुभएछ अनि यसको मतलब हजुरले तीन देखी केही खानुभएको छैँन” भनी सोध्छिन ।

“ होइन अरु नभए पनि पानि त मस्तै पिए नि” भन्दै रुपक हास्छँ । आफुले पाएको दुःखलाई त्यसरी हाँसोमा उडाएको देखेर रुपा भावुक हुन्छिन ।

No comments:

Post a Comment

Search