Surprize Continues..***** रुपकको अन्त्यहिन कथा 7 ***** - Palpali Milan

Recent

16 November 2010

Surprize Continues..***** रुपकको अन्त्यहिन कथा 7 *****



रुपकलाई सोफामा एक्लै बसेको देखी ज्याक रुपक भएतिर आउँछ अनि –“ के भो यार, तेरो बर्थडेपार्टीमा तँ किन एक्लै बसिराको आइज न यार के भो र यार ?” भनी रुपकलाई तान्छ तर रुपकले आफुलाई थकाई लागेको भनी ज्याकको अनुरोधलाई टार्छ अनि नजिकै रहेको ल्यापटपतिर देखाउदैँ –“ ओये, त्यो कसको ल्यापटप हो ? नेट जोडेको भए एकछिन चलाउन हुन्थ्यो, सोधिदेन यार!” भन्छ । अनि ज्याकले –“ ए, त्यो त रोबिनको हो यार, नेट जोडेको छ त्यसमा, विन्दास चलान यार, तँलाई पक्कै पनि त्यही “मिस रहस्यमयी”, “मिस नेपाली मोनालिशा” रुपाको फेशबुकमा प्रोफाइल खोज्न पर्यो होला, होइन ? ल ! ल ! खोज, खोज, कता भेटिएपछि मैले भाउजु भन्न पर्ने हो !
...
..
..

... ए, अँ पासवर्ड चाहिँ रकररोबिन हो नि !” भन्दै रुपकलाई जिस्काउँछ अनि फेरी चिच्याउदैँ डान्स गर्न जान्छ ।

ज्याकलाई एकचोटी हेरी मुसुक्क मुस्कुराउदैँ रुपकले नजिकै रहेको ल्यापटप उठाँउछ अनि अन गर्दछ र ज्याकले बताएको पासवर्ड हान्छ अनि एकचोटी ल्यापटप Refresh गर्छ अनि इन्टरनेट एक्सपोलरको आइकनमा क्लिक गरी फेशबुकको Adress टाइप गर्छ अनि आफ्नो ईमेल आइडी Sanosansartk@yahoo.com र पासवर्ड हान्छ तर हतारमा पासवर्ड टाइप गर्दा नमिलेपछि पुनः आफ्नो आइडी र पासवर्ड हानी लगइनमा क्लिक गर्दछ र एकैछिनमा फेशबुकको होम पेज खुल्छ र होमपेज खुल्नसाथ रुपक एकैपल्ट खुशि र अच्मभित दुवै हुन्छ किनकि धेरै दिनपछि खोलेको भएर होला उसलाई ५० भन्दा बढी फ्रेन्डशीप रिक्वेस्ट र त्यत्तिकै संख्यामा म्याजेस र १०० भन्दा बढि नोटिशिफिकेशनहरु आएको हुन्छ ।

अरु दिनभको भए तँ उसले सबैको म्यासेज र कमेन्टको रिप्लाइ दिन्थ्यो होला तर आज भने सबैभन्दा पहिला सर्चमा गएर RUPA टाइप गर्दछ र इन्टरमा क्लिक गर्दछ । एकैछिनपछि जब उसले रुपा नाम भएको ....... फेशबुक प्रोफाइल देख्छ, एकछिन त झस्कीन्छ अनि एकपछि अर्को गर्दै पालैपालो प्रोफाइल खोली हेर्दछ तर उसले खोजेको रुपालाई भने भेटाइरहेको हुदैँन र यस्तैमा केही समय अगि जन्मदिनको उपहारस्वरुप गालामा चुम्बन दिने युवती जसलाई अलि मज्जैले नशा लागीसकेको हुन्छ, उनी रुपक बसेको सोफामा आएुर बस्छिन अनि –“ हाए रुपक” भन्दै आफ्नो हात हल्लाउछिँन ।

आफ्नै संसारमा मस्त रुपकले झस्किदैँ त्यी युवतीतिर हेर्छ अनि त्यसपछि त्यी युवतीले आफ्नो नाम जेशिका हो भनी परिचय दिन्छिन अनि त्यसपछिको कुराकानी........

जेशिकाः–“ रुपक किन एक्लै बसिराको ? आज तिमा्रे बर्थडे, इन्जोय पो गर्नुपर्दछ, जाउँ हिन डान्स गर्न ! कि तिमीलाई हामा्रे एरेन्जमेट मन परेन कि कसो ?”
रुपकः–“ होइन,होइन म खुशी नै छु, म अलि बढि नै थाकेको छु । त्यहीभएर मात्र अरु त्यस्तो केही होइन । ”
ल्यापटपतिर हेर्दै जेशिकाः–“ फेशबुक, ओ, कतै GF सित च्याट गरिराको जस्तो छ नि ! मैले डिस्टर्व गरे जस्तो छ , सरी हैँ, म जान्छु हैँ ।” भन्दै जेशिका उठ्न लागेको देखेर उही आफ्नै टेड्रमार्क शैलीमा मुस्कुराउँदै रुपकः–“ त्यस्तो त केही होइन जेशिका Actually, मैले आज दिउँसो एउटा साथी भेटेको थिए अनि उनैको प्रोफाइल खोजिराको, अनि जहाँसम्म रह्यो GF को कुरा म सिङ्गल नै छु ।”

रुपकको कुरा सुनेपछि उठीसकेकी जेशिमा फेरी सोफामा बस्छिन अनि रुपकको हात छोप्दैँ , जेशिकाः–“ ओहो,You are single and it's true. I knew that मैले तिम्रो फेशबुकको प्रोफाइल हेरेर थाहा पाइसकेकी थिए तर अब त Confirm नै भयो । Thanks gods , Actually I'm also Single. I'm so happy। मलाई तिमीले खिचेको सबै फोटो एकदमै मन पर्छ अनि तिमीले लेखेको सबै आर्टिकलको कटिङ्ग मिलाएर मैले एउटा डायरी नै बनाएकी छु । You know I'm your big fan. I like you so much, you are so cute, and you are………..भन्दाभन्दै जेशिका रुपककै काँधमा निदाँउछिन ।

रुपक यसो माथितिर हेर्दै होइन आज मसित यो सब के भइरहेको छ भनी भगवानसित गुनाशो गरेजस्तो गर्दछ अनि जसोतसो जेशिकाको हातबाट आफ्नो हात छुटाँउछ अनि जेशिकालाई त्यही सोफामा सुताइदिन्छ र नजिकै रहेको कम्बल ओढाइदिन्छ अनि ल्यापटप लिई अर्को सोफामा बसी फेरी अर्को प्रोफाइल के खोल्न लागेको थियो त्यतिकैमा चारजना पुलिश अफिशरहरु भित्र छिर्छन र साउण्ड कम गर भन्दै चिच्याउँछन् ।

त्यी पुलिश अफिशरहरु त्यहाँ किन आए होलान ? के रुपकले रुपालाई फेशबुक वा अन्त कतै भेटला ? यहाँहरुलाई खुल्दुली त पक्कै पनि लाग्यो, होइन त ? यहाँहरुको खुल्दुली मेटाउन हामी चाडैँ रुपकको अन्त्यहीन कथाको आठौँ भाग लिएर आउनेछौँ त्यतीन्जेल हजुरहरुको अमुल्य लेख तथा रचनाहरु हाम्रो नयाँ इमेल आइडी Sanosansartk@yahoo.com पठाउदैँ गर्नुहोला ।

No comments:

Post a Comment

Search