Surprized Rupak ***रुपकको अन्त्यहीन कथा–६**** - Palpali Milan

Recent

14 November 2010

Surprized Rupak ***रुपकको अन्त्यहीन कथा–६****

Surprized Rupak
फेशबुकमार्फत रुपालाई सजिलै पत्ता लगाउन सकिने बाबा ज्याकको आइडियाले खुशी भएको रुपक आफ्नै संसारमा रमिरहदा ज्याक भने सदाझैँ बसभित्ररहेकी गुल्मी घर बताउने एक सुन्दर युवतीको सुन्दरताको बढाइँचढाइ गर्नमा नै व्यस्त रहेको हुन्छ । यस्तैमा करिब तीन घण्टाको यात्रापछि बस नारायणघाट बसपार्कमा आएर रोकिन्छ । कावासोतीबाट उता एउटा भुमिगत समुहले चक्काजाम गरेको हुदाँ बस आज राति यतै रोकिने र भोली मात्रै बुटवल तर्फ जाने तथा यदि कसैले पैशा फिर्ता चाहेमा
...
..
नारायणघाटसम्मको पैशा कटाएर बाँकी फिर्ता पाउने कूरा बसको कन्डकटरले सुनाउछन् ।

यस्तैमा कन्डकटर र बसका अन्य यात्रुबिच ठुलो स्वरमा भइरहेको कुराकानीले भर्खरै यसो निदाउन लागेको रुपकको निद्रा बिथोलिन्छ अनि अल्छी मान्दै आँखा मोल्दै यताउता हेर्छ तर ज्याकलाई बसभित्र नदेखेपछि अतालिदैँ उठ्दा उसको टाउको बसमा बेस्सरी ठोकिन पुग्छ अनि “अह्या” भन्दै सिटमा थच्चक बस्छ । आफ्नो टाउको मिच्दै रुपक बस बाहिर निस्केर ज्याकलाई खोज्दै यताउता हेर्दा ज्याक भने मोबाइलमा कोहीसित मज्जाले कुरा गरिरहेको हुन्छ । त्यसपछि कन्डकटरसँग बाँकी पैशा लिई रुपक बाबा ज्याक भएतिर अगि बढ्छ ।

आफ्नो कुरा सकिसकेपछि ज्याकले रुपकतिर हेर्दै आज राति गैँडाकोटमा रहेको साथी रोबिनको घरमा बस्ने अनि भोली बिहानै बुटवलतिर जाने प्रस्ताव राख्छ अनि रुपकले पनि सहमतिस्वरुप टाउको हल्लाउदैँ “हन्छ” भन्छ । त्यसपछि ज्याकसित मोबाइल मागी रुपकले पाल्पामा रहेको आफ्नो घरमा फोन लगाउछ अनि आफु आरामै रहेको र दुई–तीनदिन भित्रै घर आउँछु, नआत्तिनुहोला, अरु कुरा त्यही आएर गरौँला भनी फोन राख्छ । मोबाइलमा कुरा गर्दागर्दै उनीहरुले नारायणी नदी माथिको लामो तथा आर्कषक पक्की पुल पार गरिसकेका हुन्छन अनि केहीबेरमै गैँडाकोटमा रहेको रोबिनको घरमा पुग्छन अनि ज्याकले–“ ओये रुपक तँ एकछिन यही बस्दै गर हैँ !” भन्दै भित्र जान्छ ।

रुपक एकछिन त बाहिरै उभिन्छ तर करिब ५ मिनेटसम्म पनि ज्याक बाहिर नआएपछि अधेँरीले एकछत्र राज गरिरहेको रातमा बाहिर बस्न झ्याउ लागेपछि रोबिनको घर भित्र छिर्छ । गल्लीको बत्ती सबै निभेको हुन्छ भने गल्लीको अन्त्यमा रहेको कोठाबाट कोही बोलेजस्तो त घरी कोही हाँसेको जस्तो सानो तर अस्पष्ट आवाज आइरहेको हुन्छ । रुपक बिस्तारै–बिस्तारै डराउदैँ अगि बढ्छ अनि गल्लीको अन्त्यमा रहेको कोठा बिस्तारै धकेल्दै “ ज्याक, ज्याक, रोबिन ” भनी बोलाउँछ तर कसैले जवाफ नदिएपछि डराउदैँ कोठामा यसो दुई चार कदम के अगि बढेको थियो अचानक कोठाभरी रङ्गीचङ्गी बत्ती बल्छ अनि कोठामा रहेका करिब २०–२५ जनाले एकैस्वरमा “ सरप्राइज” भन्दै चिच्याउँछन अनि ताली बजाँउछन ।

एकैछिन त रुपकले केही भइरहेको छ यो सब साँचो हो की सपना हो भनि छुट्याउन पनि सक्दैन अनि टेबलमा सजाइराखेको केक देखेपछि बल्ल आज त मेरो जन्मदिन हो भन्ने कुरा सम्झिन्छ अनि एकदमै खुशी हुन्छ । सबैले रुपकलाई जन्मदिनको शुभकामना तथा उपहार दिन्छन । बधाई दिनेहरुको भिडबाट एकजना सुन्दर युवती अगि आई रुपकको गालामा चुम्बन गर्छिन अनि “ रुपकजी मैले उपहार ल्याउन भुलेछु त्यही भएर अहिलेलाई यसैले काम चलाउनु हैँ ।” भन्दै हास्छिन। लजाउदैँ रुपकले “ Thank you” भन्छ । अनि त्यसपछि आफ्नो २५औँ जन्मदिनको बर्थडेको केक काट्छ अनि पालैपालो सबैलाई केक खुवाँउछ त्यसपछि रोबिनले डिजे स्टाइलमा गीत बजाउन थाल्छ अनि सुरु हुन्छ डान्स अनि हंगामा । ज्याकले रुपकलाई पनि तानेर लान्छ अनि रुपक पनि तीनदिनको थकाइ सबै भुलेर एकछिन जानीनजानी नाच्छ । नाच्ने क्रममै रुपकले ज्याकलाई “ ओये ज्याक तैले यो सब प्लानिङ्ग कतिखेर गर्न भ्याइस यार त मसितै थिइस त यार !” भनी सोध्दछ अनि ज्याकले त निदाएको बेलामा रोबिन अनि अरु साथीलाई फोन गरेर यो सब प्लानिङ्ग गरेको भनी बताउँछ ।

यस्तैमा हेर्दैमा लभर जस्ता देखिने एकजोडी आएर रुपकलाई जन्मदिनको शुभकामना दिन्छन र साथैमा ल्याएको उपहार पनि दिन्छन । रुपकले खुशि हुदैँ उपहार लिन्छ अनि धन्यवाद दिन्छ अनि उनीहरुतिर हेर्दै उनीहरुको परिचय माग्छ तर उनीहरुलाई बिचमै रौक्दै ज्याकले भन्छ “ यहाँहरु चाहिँ कलियुगमा महान प्रेमजोडी “रील्याक्स” Re माने Recha अनि Lax माने Laxman ।” ज्याकको दिएको यो अनौठो तरिकाले परिचय सुनेर सबै एकछिन हास्छन अनि फेरी नाच्न थाल्छन । एकछिन सबैसित नाचेपछि रुपक आफु एकदमै थाकेको भनी कोठाको कुनामा रहेको सोफामा आएर बस्छ अरु भनी अली अली चढाएर आफ्नै तालमा नाचिरहेका हुन्छन ।

No comments:

Post a Comment

Search