Night In jail **रुपकको अन्त्यहीन कथा आठौँ भाग** - Palpali Milan

Recent

15 April 2011

Night In jail **रुपकको अन्त्यहीन कथा आठौँ भाग**


Night In jail

साउन्ड कम गर भन्दै भित्र छिरेका प्रहरीहरुलाई देखी सबैजना अत्तालिन्छन र यताउता भाग्न खोज्छन तर चारैतिर प्रहरीलाई देखेपछि अब के होला भनी अतालिन्छन् । यस्तैमा फेशबुकमै मस्त रुपक प्रहरीभएतिर आउँछन र के भयो र सर, हजुरहरु यति राती भनी सोध्छ अनि हेर्दै डरलाग्दो इन्सपेक्टरले –“ हामीलाई रहर लागेर आको हो र , अब तिमीहरुजस्ता सम्पन्न परिवारका सुपुत्र र सुपुत्रीहरुले रातभर जाँड खादैँ हल्ला गरेर सुत्न पाइएन भनेर छिमेकीहरुले कम्प्लेन गरेर यहाँहरुलाई मामाघर लैजान भनि आएको हामी, मोज छ है तिमीहरुलाई बाऊको संपक्ति उडायो हल्ला ग¥र्यो....” भनि भन्छ र हवल्दारतिर हेर्दै ल सबैलाई मामाघर लिएर हिड भनी त्यहाँबाट हिड्छ ।
 रुपकले केही भन्नु अगाडि नै सँगै आएका अरु प्रहरीहरुले सबैलाई छोपेर गाडीमा बसाल्छन र केही बेरपछि जेलमा लगेर थुनिदिन्छन ।

नशाले चुर भएकाहरु एकैछिनमा जेलको त्यही चिसो भुइँमा निदाउछन तर अलि कम पिएकाहरु र रुपक भने अब के गर्ने होला भनि आपसमा गुनगुन गरिरहेका हुन्छन । यस्तैमा उनीहरुले बाबा ज्याकलाई केही आइडिया लगान यार तँ त यस्तो कुरामा खप्पिस छस् नि यार भनि जोस्साँउछन् । सुरुमा आनाकानी गरिपनि रुपकले पनि अनुरोध गरेपछि एकछिन पछि ज्याक जेलको रड छोपेर उठ्छ अनि इशारा गरेर इन्सपेक्टरलाई बोलाउँछ । इन्सपेक्टर नजिकै आएपछि ज्याकले बिस्तारै –“ हेर्नुस सर, आज मेरो साथीको बर्थडे पार्टी थियो त्यसैले सबैले हल्का पिएको मात्रै हो हामीलाई एकचोटि यहाँबाट जान दिनुहोस न !” भन्छ तर इन्सपेक्टरले जसले कम्प्लेन गरेको हो उसले कम्प्लेन फिर्ता नलिदाँसम्म छोड्न मिल्दैन भन्छ र त्यहाँबाट हिड्न खोज्छ तर ज्याकले उसलाई फेरी बोलाउँछ र एकचोटी एक कल गर्न मिल्छ कि भनी सोध्छ । इन्सपेक्टरले सुरुमा त मिल्दैन भन्छ तर ज्याक तथा जेलमा रहेका सबैले बाराम्बार अनुरोध गरेपछि इन्सपेक्टरले कल गर्न अनुमति दिन्छ ।

कल गर्ने अनुमति पाएपछि जेलमा रहेका आफ्ना साथीहरुतिर ज्याकले ल अब हामिसबै यहाँबाट निस्कन पाउँछम एकछिन हल्ला नगर भन्दै बाहिर निस्कन्छ र इन्सपेक्टरको टेबलमा रहेको टेलिफोनबाट रोबिनको छिमेकीलाई कल गर्छ र निन्याउरो मुख गराएर जेलभित्र पस्छ । सबैलाई जेल बाट छुटाउछु भन्दै गको ज्याकको अध्याँरो मुख देखेर रुपकले के भो भनी सोध्दछ । लामो सास फेर्दै ज्याकले –“ के हुनु नि यार , यो रोबिनको छिमेकी बुढोको त्यसको सेक्रेटरीसँग चक्कर चलिराको कुरा मलाई थाहा थियो तर उसको श्रीमतीलाई भनि थाहा थिएन । हामीलाई यहाँबाट छुटाउने भए छुटा नत्र तेरो चक्करको बारेमा श्रीमतीलाई बताइदिन्छु भनेको त बुढो मरीमरी हाँस्यो । होइन के भयो बौँलाइस क्या हो भनेको त ! बुढोले बाबु बता बता जसजसलाई बताउन मन लाग्छ उसलाई बता भन्यो अनि मैले मजाक गरेको होइन पछि पछुताउन पर्ला नि भनेको बुढोले हेर बाबु मैले मेरो श्रीमतीसँग सम्बन्धबिच्छेद गरेको ५ दिन भइसक्यो अनि पर्शि मेरो सेक्रेटरीसँग बिहे हुदैँछ । बाबु पनि आउ हैँ भनेर फोन राख्यो यार ! ” भन्छ ।

ज्याकको कुरा सुनेपछि पिरोलिएर बसेका रुपक र अरु सबै हाँस्छन । तर चिसो भुइँ र लामखुट्टेको टोकाइले त्यो हाँसोलाई धेरैबेर लम्बिन दिदैँन । एकैछिन पछि सबैजनाले फेरी ज्याकलाई अर्को आइडिया लगान यार तँ त बाबा ज्याक पो हो त एउटा आइडिया फेल खाएर के भो र भन्दै जोसाँउछन । आफ्नो बखान सुनेर मख्ख परेको ज्याक फेरी उठ्छ र इन्सपेक्टरलाई इशारा गरेर बोलाँउछ । एकछिन नदेखेजस्तै गरेपनि ज्याकले इशारा गरिरहेपछि इन्सपेक्टर ज्याकको नजिकै आउँछ र के भयो भनी सोध्छ अनि ज्याकले बिस्तारै यता हेर्नुस त भनी आफ्नो खोल्टिमा रहेको हजारका तीनवटा नोट देखाँउछ अनि यो अनि अझै चारवटा अर्को खोल्टिमा छ । हामीलाई छोडिदिनुहोस यो सब हजुरको ....... भनी आफ्नो कुरा पुरा गर्न नपाउदैँ इन्सपेक्टरले ज्याकको गालाका एक जोडदार थप्पड हान्छ र साला मलाई घुस दिन खोज्ने भन्दै आफ्नो कुर्सीमा गएर बस्छ ।

इन्सपेक्टरको थप्पडले ज्याकको अलिअलि रहेको नशा पुरै उत्रिन्छ अनि रुपकनिर आएर चुप्प लागेर बस्छ । ज्याकलाई चुप लागेर बसेको देखेर सबै हाँस्छन तर रिसाएझै गरेर ज्याकले हेरेपछि सबै चुप लाँग्छन तर एकछिन पछि ज्याकनै हाँस्न थालेपछि सबैहाँस्छन । यस्तैमा ज्याकले रुपकसित कानेखुसी गर्दछ अनि कस्तो लाग्यो त आइडिया भनी सोध्छ जसको प्रतिउत्तरमा रुपकले आइडिया त ठिकै हो तर यदि पछि थाहा पायो भने नराम्रो हुन्छ भनी सम्झाउन खोज्छ तर रुपकको पुरै कुरा नसुनी ज्याकले रोबिनलाई आफ्नो आइडिया सुनाउछ र रोबिनले पनि ज्याकको योजना बमोजिम अभिनय गर्नेमा सहमति जनाउँछ । त्यसपछि ज्याकले नजिकै रहेको हवल्दारलाई बोलाएर रोबिनतिर देखाउदै –“ हेर्नु दाई यो मेरो साथी अहिलेको गृहमन्त्रिको छोरा हो । यदि वहाँले आफ्नो छोरालाई जेलमा थुनेको थाहा पाउनुभयो भने तिमा्रे सरको त पक्का सरुवा हुन्छ फेरी तिमा्रे पनि रुकुम,रोल्पातिर सरुवा होला त्यसैले तिम्रो सरलाई गएर हामिलाई छोडिदिन भन नत्र पछि नरामा्रे होला नि !” भन्छ । हवल्दारले सबै कुरा सुनेपछि तिमा्रे साथी मन्त्रीको छोरा हो भनेर मैले कसरी पत्ताउने भनेर सोध्छ । त्यसपछि रोबिनले मेरो नाम रोशन हो अनि यो मेरो बुवाको फोन नं हो भनी कागजको एउटा सानो टुक्रामा एउटा नं. लेखेर दिन्छ र विश्वास नलागे फोन गरेर सोध्नुहोस भन्छ ।

कागजको त्यो टुक्रा लिएर हवल्दार इन्सपेक्टर भएतिर जान्छ । अघिदेखी रोबिन र ज्याकको यो सब चत्र्तिकला हेरिरहेको रुपक उनीहरुनिर आउँछ र होइन रोबिन तिमी कहिले मन्त्रीको छोरा भयौ तिमा्रे नाम कहिलेबाट रोशन भयो भनी सोध्छ । अनि ज्याकले –“ हेर रुपक मलाई गृहमन्त्रीको नं. पहिलेदेखी नै थाहा थियो किनकी उसको छोरा रोशनको मेरो साथी रीनासित चक्कर चलिराको छ के अनि आज उसको छोरा र रीना पोखरामा छन । अनि मन्त्रीको छोरा भनेपछि त्यो इन्सपेक्टरको पक्का पनि सातो गयो होला र यदि त्यसले आँट गरेरै त्यो नं. मा फोन ग¥यो भने मन्त्रीको आवाज सुनेपछि त्यसले हामीलाई पक्का छोडिदिन्छ त ढुक्क भएर बस न यार ।” भन्छ । यस्तैमा हवल्दार उनीहरुनिर आउँछ र ज्याक र रोबिनतिर हेर्दै तिमीहरुलाई सरले बोलाउनुभको छ भन्छ । त्यसपछि ज्याकले रुपकतिर हेर्दै पक्का पनि हामीलाई छोड्नलाई होला त बस्दै गर हामीहरु अहिले आउँछम भन्दै इन्सपेक्टर भएतिर जान्छन ।

ज्याक र रोबिनलाई इन्सपेक्टरले बोलाएको देखेर सबैजना अब जेलबाट निस्कन पाइने भयो भनेर खुशि हन्छन तर रुपकलाई भने जेलबाट निस्कन पाइएला भनेर विश्वाश लागिरहेको हुदैँन । यस्तैमा एकैछिन पछि ज्याक र रोबिन दौडिदै आउँछन र जेलको ढोका खोलेर कुनातिर गएर लुक्छन र उनीहरुको पछिपछि हवल्दार आउँछ र खोई कता गयो मन्त्री छोरा भन्दै हास्दैँ जेलको ढोकामा ताल्चा लगाएर बाहिर जान्छ । हवल्दार गएपछि सबैले ज्याक र रोबिनतिर हेर्दा उनीहरुको अनुहार पुरै सुन्निएको जस्तो रातोनिलो भएको हुन्छ । रुपक उनीहरु भएनिर आउँछ र के भो यार तिमीहरुलाई त इन्सपेक्टले राम्ररी मर्मत गरे जस्तो छ नि के भयो र यार भनी सोध्छ । लजाएर होला एकछिन ज्याक र रोबिन केही बोल्दैनन तर रुपक तथा अरु सबै साथीले सोधिरहेपछि ज्याक र रोबनले एकैचोटि –“ मन्त्रीको छोरा हो भनेर खुब फुर्ति लाउने भको त त्यो इन्सपेक्टर त त्यही मन्त्रीको सालो पो रहेछ । मैले त मेरो भान्जालाई त नचिनेको पो रहेछु भनेर कुट्नु कुट्यो नि यार !” भन्छन । उनीहरुको कुरा सुनेर सबै हाँस्छन । सबैलाई हाँसेको देखेर ज्याक र रोबिन पनि हाँस्छन ।

रुपक तथा ज्याक अनि अरु साथीहरु जेलबाट कसरी निस्कन पाउलान ? अनि के रुपक र रुपाको कहिल्यै भेट होला त ? यहाँहरुलाई खुल्दुली त पक्का पनि लाग्यो होला, होइन त ? यहाँहरुको यी सबै खुल्दुली मेटाउने गरी रुपकको अन्त्यहीन कथाको नवौँ भाग लिएर हामी चाडैँ आउनेछौँ । त्यतिन्जेल आफ्ना अमुल्य रचनाहरु sanosansartk@yahoo.com वा Facebook.com/sanu.sansar मा पठाउदैँ गर्नु होला । हामीलाई यहाँहरुको साथ धेरै खाँचो छ ।




















No comments:

Post a Comment

Search