देशका लागि केही गरौँ

प्रकृतिले सजिएको नेपाल हाम्रो देश
चार वर्ण छत्तीस जातको आ–आफ्नो भेष ।

यति राम्रो हाम्रो यो देशमा के भएको
हत्या हिंसा आतङ्क चलिरहेको ।
,,,
,




आतङ्कबाट बच्नका लागि सबै कम्मर कसौँ
पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मलाई
जोगाउन लागि परौ सबै नेपाली एकभई ।

देशका माटो छोएर कसम खाउँ
आतङ्कलाई त्यागी सबल राष्ट्र बनाउँ ।

युद्ध त्यागी शान्तिको बाटोमा लगाउँ
जे जसरी भएपनि शान्ति ल्याउँ, शान्ति ल्याउँ ।

नेपाललाई एउटा सबल राष्ट्र बनाउँ
सबै नेपाली देशका लागि केही गरौँ,केही गरौँ ।

नारायण बेल्बासे


BBS 3'rd year
लु.वा.क्याम्पस,बुटवल
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.