Rabindra Khadka's Poem 'Yathartha' - Palpali Milan

Recent

21 June 2011

Rabindra Khadka's Poem 'Yathartha'


यथार्थ
शोषण र सामन्तको जरो अझै गाँछैन
विस्तारवाद निरंकुश नफाली भाछैन ।
जनताको हत्यारो लुकिछिपी गर्दैछ
जनलाई फकाउन नेपालतिर धाउदैछ ।

गरिब दुःखी जनताको पाइला हामि गन्नुछ
ठुलाबडा हौँ भन्नेको शिर हामि ढाल्नुछ ।
गरिब दुःखी जनता ज्याला गरि खाइरहेछन्
शोषकहरु त हेरन फाइभ स्टार धाइरहेछन ।...
.....
..



बाहिर मानिसको खोल ओडी मिठा आशा दिदैँछन्
भित्र भित्रै जाल बुनि नेपाललाई बेच्दैँछन ।
दिनदिनै विस्तारवाद नेपाललाई फकाउदैँछन
नेपालका सिमा किल्लाहरु उखेलेर फाल्दैँछन ।

अब यस्तै हो भने नेपाल भन्ने के रह्यो र
शहिदको आत्माले शान्ति कहाँ पायो र
तर हामि साथी हो यस्तो शोषण सहिन्न
अब फेरी वारुद बनि सडकबाट उठिन्छ ।

Nepali Poem,Gajal,Jokes,Loveletters,Story and many more.

No comments:

Post a Comment

Search