नेपाली कविता ****मेरो देश **** - Palpali Milan

Recent

15 June 2011

नेपाली कविता ****मेरो देश ****

मेरो देश






साझको बेला त्यो गाउँको चौतारीमा

बसेर हेर्दा

चरीहरु आफ्नो गुडँमा फर्कदैछन

ढुकुर जोडी आफुमा माया गास्दैछन

हेर न हेर

त्यी मयुर कति राम्रा रमाई रमाई नाच्दैछन्
...
..
.



मन मेरो उडेर गएजस्तो छ

मेरो निम्ति यो सपनाजस्तो छ

चरीहरु उड्दैछन् कोइलीहरु गाउदैछन

हेर न हेर

त्यी डाफे कति राम्रा रमाई रमाई नाच्दैछन्



सपनी हो कि विपनी छुट्टाउनै गाह्रो

स्वर्गजस्तो मेरो देश कति राम्रो

त्यो हिमाल लजाए जस्तो

त्यो जुनले जिस्काए जस्तो

सपनी हो कि विपनी छुट्टाउनै गाह्रो

स्वर्गजस्तो मेरो देश कति राम्रो



सबिता नेपाल

बुटवल–१२, कालिकानगर

रुपन्देही–नेपाल









1 comment:

Search