डर लाग्छ ( Nepali Gazal ) - Palpali Milan

Recent

08 October 2011

डर लाग्छ ( Nepali Gazal )

Coat of arms of Nepal
सुस्तासगैँ लुम्बिनी पनि खोसिने हो की पिर लाग्छ
हाम्रो सगरमाथा पनि झुक्ने हो कि डर लाग्छ

राजनीतिको बाँध भित्र नदीनाला साघुरिदाँ
कोसी अनि कर्णाली पनि सुक्ने हो कि डर लाग्छ

राष्ट्र हाक्ने जिम्मा लिई चुनीएका खेलाडीहरु नै
सीमा पारि शरण लिन पुग्ने हुन कि डर लाग्छ


नयाँ नेपाल निर्माण गर्न सुम्पिएको ठुकुटीलाई
आफ्नै नामको पेवा ठानी फुक्ने हुन कि डर लाग्छ...
..
.

मेरो देशको झन्डा डराउदैँ छ मेरी आमा कराउदैँ छिन
विश्व बाटै मेरो देश हराउने हो कि डर लाग्छ
गजलकार 
श्री गोपाल प्रसाद पौडेल 
बुटवल -११ बुद्धपथ 
रुपन्देही - नेपाल 
Nepali Gajal,nepali kabita ,nepali muktak,nepali jokes etc.

1 comment:

Search