सयौँ जूनी प्यार गरिदिन्छु ( गजल ) - Palpali Milan

Recent

03 November 2011

सयौँ जूनी प्यार गरिदिन्छु ( गजल )


1873 Pierre Auguste Cot - Spring
चोखो माया मीठो बोली व्यवहार गरिदिन्छु !!
हाँसी खुसी सयौँ जूनी प्यार गरिदिन्छु !!

गर गहना सुन चाँदि के नै हो र हिरा मोती,
रत्तिभर सिन्दुर नै उपहार गरिदिन्छु !!

डोली लिई आएर यहि मङ्सीर महिनामा,
सधै तिम्रो जीन्दगीमा अधिकार गरिदिन्छु !!


 हुन्छ भने मिलन हाम्रो पक्कै यहि जन्ममा,
विरोधी ति परिवार तिरस्कार गरिदिन्छु !!.




भए तिम्रै अङ्गालोमा सहि दिउला चोटै पनी,
तिम्रा सारा सपनाहरु साकार गरिदिन्छु !!




सयौँ जूनी प्यार गरिदिन्छु ( गजल )
बैरागी माईलो बिवश
गुल्मी हाडहाडे
Now in Dubai, United Arab Emirates
 



No comments:

Post a Comment

Search