दिनभरि त म
कसैको हाशोमा हाशीदिन्छु
हाँस्ने पेशानै भयको जोकर सरि,
कसैको आँशुमा बगी दिन्छू
जसरि नि बगी जाने समयसरि

कहिले कल्पनाको छितिजसँग मिस्सिने गर्छु
एउटा ख्वाब बनि,
अनि कतिबेला आफुसंग खेल्ने गर्छु
अबोध बालक बनि,


अनि सनै सनै रात पर्न थाल्छ
र फेरि यो मुटुमा मरेको घात ब्युझिन थाल्छ
याद,घात,संझना,कल्पना, भुल,यथार्थ
एउटै भुमरिमा घुम्न थाल्छन धेरै बेर

म छट्पटिन्छु,आत्तिन्छु, कराउछु रुन्छु
अनि आफैसंग होशको भिख माग्छु
त्यो मंथनबाट बनेको ड्रग सेवन गर्नै पर्छ
बाँच्न त छ नै जसरि नि

त्यो बिषलाई पचाँउन अर्को विष थपिदिन्छु
अनि भैजान्छु कालकूट
त्यो पागलपनले छाड्दा
म फेरि एकचोटि कसैको सामु दोशी भैसकेको हुन्छु
कसैको अस्तित्व मा प्रहार भैसेको हुन्छ
एउटा संसार चर्कियको हुन्छ
एउटा आधार भत्कियको हून्छ

अनि म सिस्पससरि बेअर्थमा
उकालो चडिरहेको हुन्छु,
आँशुको उल्टो यात्रासरि भुई  देखि आँखातिर
गन्तव्य देखि मुहानतिर




लेखक 

सुरेश प्रसाद अर्याल "कान्छो"
पाल्पा नेपाल
** उल्टो यात्रा **
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.