नेपाली प्रेमपत्र ( निस्ठुरीलाई अन्तिम पत्र ) - Palpali Milan

Recent

04 December 2011

नेपाली प्रेमपत्र ( निस्ठुरीलाई अन्तिम पत्र )


निस्ठुरी धोके बाज पुजा,
                                खै ! किन खनाएथे मैले तिमीलाई मुटुभरीको माया, अधरभरीको प्यार अनी आत्मा देखिको विश्वाश । मनमा राखी पुजा गरेर मैले तिमीलाई पुजा भनि बोलाउन चाहे तर मेरो पुजा बेकार बन्यो । अक्षता, पाती, नैबेध अनी मेरो निष्ठामा तिमीले लात हानेर धुजा धुजा पार्यौ । सर्पलाई दुध पिलाए पनी विष नै ओकल्छ भन्थे, तिमीलाई पनि त्यस्तै भयो । 
                                                     बधाई छ पुजा तिमीले नयाँ संसार अनी दाम्पत्य जीवन शुरु गरिछौ, तिमी छुट्टै धन,मन इज्जत र प्रतिष्ठाले जुरो बढाउदै छौ होला । म त दिन दिनै तिम्रै यादमा सेती झै भासीइरहे, शायद अब त भासिने ठाउ पनि छै, माथि निस्किने त कुरै भएन । सोचेको पनि थिएन जिन्दगीमा यति धेरै पटक असफल बन्छु भनेर त । 
                                  स्कूले दिनहरु सम्झ त पुजा, आखाँमा राखी नानी बनाएथे, बगैचाको फुल मानी पानी हालेथे । बिफल सारा बिफल । तिमीले मेरा नाममा पठाएका पत्रमा कोरेका शब्द अनी समर्थन गरेका सम्झना, शब्द अनी प्रेम रुपी बाणी सम्झ त ।

                                       मेरो अनुपस्थितिमा त्यी अन्ध्यारा र कहाली लाग्दा ............. म बिनाको जीवन ...........ती त केबल कल्पना रहेछन पुजा । एस एल सी परिक्षाका दिनहरु सम्झ त पुजा, कति रमाइला थिए ती दिनहरु । बन्दको समयमा १८-२० किमी सडक पार गरि हामी कसरी गोरखनाथ बाबाको शरणमा पुगेका थियौ । एक कप चियामा दुई मुख लगाइ पिएको अनी चैतमासको घाममा दहीको चिसो संगै माया बाढेको । हो पुजा अब त यी सब पानामा पनि नकोरिने इतिहास बनिसक्यो । केबल मलाई तडपाइ रहने इतिहास ।

एस.एल.सी परिक्षा पछि तिमीलाई भेट्ने जति प्रयास गर्देथे, तिमी त्यस्को विपक्षमा लाग्यौ । जे होस् तिम्रो मम्मीको न्यानो मायामा आफुलाई भाग्यमानी ठान्दै रमाइ रहे । मेरो ठुलो असफलताको पिडा देखेर माथिबाटै भगवानले तिम्रो मम्मीलाई मेरो सेवा गर्न आदेश दिए जस्तो लाग्यो मलाई । नत्र त आफ्नो छोरा जस्तै ठान्ने तिम्रो मम्मीले त्यस पछी किन बिर्सनु भयो त ? 

            जे होस् तिम्रो मायालाई मुटुमा राखेर उज्ज्वल भविस्यको कामना गर्दै म अध्ययनको लागि पोखरा लागे । तिम्रो फोनको प्रतिक्षामा कैयौँ दिनहरु बिताए । तिम्रो साथ जिवनभरी पाइराखु भनि मनकामनामाइ सँग प्राथना गरे । अह मनकामनामाइले मेरो प्राथना बुझिनन ।

                                    पोखराको ठाउँ बाच्नै पर्यो, बुढा बाबाआमालाई कति दु:ख दिनु । एउटा स-सानो जगिरमा झुन्डिए । बिहानको पढाइ, दिउसो जागिर व्यस्त बने पनि मनभरी तिम्रो मायाको भारी बोकेर दिनरात काट्दै गरे । तिमी गोर्खा क्याम्पस पढ्न थाल्यौ । हुलाक अनी फोनका सुबिधा नभएका होइनन तर तिमीले सम्झनै चाहिनौ । मैले तिम्रो अनी तिम्रो भाईको स्कूलको नाममा दुई वटा पत्र रजीस्ट्री गरि पठाए तर तिमीले कानमा तेल हालेर बसिरह्यौ । मलाई थाहै रहेनछ म त तिम्रो एकोहोरो मायामा डुबेर तिमीलाई माछापुछ्रेको शिरमा उभ्याइ सरङ्कोट्बाट हेर्न लागेछु, फेवा तालको पानीमा डुबुल्कि मार्दै तालबारही मन्दिरमा पुजा गरि रानिवनको शितलतामा रम्न लागेछु । तर मेरा यी सब सपना, लक्ष्य सिसिफसको कथा जस्तै बन्यो अनी नित्से झै भन्न मन लाग्यो : गड इज डेड, आफ्ना भक्तहरुको दुखमा साथ दिएर न्यानो माया दिन सक्दैन भने के भगवान ......?

                               पिडा पिडामै पिल्सिएर दिन बित्दै गए । म तिम्रो मायाको ओत नपाएर पुसको ठन्डिमा झै कठाङ्रीन लागे, साउने झरिमा झै रुझ्न लागे, चैतको घाममा डडिए अनी भदौरे भेल सँगै बगे । खोलो किन माथि फर्किन्थ्यो र पुजा । म मनभरी मायाको पोको लिएर तिमीलाई अर्पण गर्ने प्रतिक्षामा रहे तर तिमी ..........गल्छेडो कुरेर बस्ने हो भने हात्तीको पिठ्युमा पनि ढाप मार्न पाईन्छ भन्थे तर उखान मात्रै रहेछ ।

               तिमीसंगै एक पटक भेट नहुदै तिमीले हाम्रो संसार अल्गाइसकेछौ । मैले तिम्रो फुलरुपी मायालाई हावा, पानी, मलजल गरेर हुर्काउन चाहे तर तिमीले मलाई केबल तुशारो, असिना अनी एसिड मात्र ठान्यौ । बधाई छ पुजा तिमीलाई, तिम्रो माया फुलाएर चारैतिर बास्ना छर्ने अनी मुनामदन बनेर अर्को ईतिहास रच्ने योजना मात्रै होईन तिमीले मलाई बिफल बनाउ । हो पुजा बल्ल थाहा पाए निदाएको भन्दा निदाएको बहाना गर्ने मान्छेलाई ब्युझाउन गाह्रो हुदो रैछ ।

पूजा म तिम्रो लागि तिम्रो यात्रामा ठेस लाग्न पुगेको एउटा ढुङो रहेछु अनी उकाली चढ्दा आएको पसिना रहेछु । आज म तिम्रो मायामा पागल बनेर दिनको भोक न रातको निन्द्रामा छु । पोखराबाट गाउँ जादा हरेकपल तिम्रो मायाको आशामा रमाउदै मनभरी मायाको लालमोहन, रसबरी, पेडा अनी लड्डु तिम्रै लागि ल्याउथे तर अब तिम्रो बस्ती मेरो लागि मरभुमी बन्यो । 

        तिमी माइती गाउँ आउँदा फर्केर पनि माथि डाडातिर हेर्ने चेस्टा सम्म नगर्नु की न की त्यहा मेरो रोइरहेको आत्मालाई जिस्काए सरह हुनेछ । सदा सर्बदा तिम्रो स्वागतमा रम्ने मेरो घरमुनीको हरियो र फुलैफुलको रुख अहिले सुकेर ढलिसकेको छ अनी तिम्रो आगमनको प्रतिक्षामा रम्ने मेरो कटेरी खरानी भैसेकेको छ ।

पुजा, काठमाण्डुको बसाइ साथमा नयाँ संसार चैन छ होला हगि ? ठिक छ मौसमी तिम्रो व्यवहारमा अब एकरुपता आओस । मेरो जीवन दुई दिनको होला तर तिमी हजार बर्ष बाच्नु । माया, ममता, सम्मान र पुरस्कारको सम्मानले पुरिनु । मलाई एउटा लाम्खुट्टे बर्षामा बाँच्नको लागि रगत चुस्न आउने परजिवी भनेर चित्त बुझाउनु जुन माया नपाएर भोकै फर्कियो ।

                                                                                      मैले  तिम्रो जिवनमा जति पिडा दिन आए, कलेजी ददार्न आए हृदय देखि क्षमा चाहन्छु ल र, अब तिमीलाई पिडा त के तिम्रो पाइला पर्ने ठाउमा समेत रहने छैन केवल तिम्रो भलाइका लागि, तिम्रै सफलताका लागि । म कुरुप्, गरिब, अक्षिशित अनी बेसाहारा तिमीसँग सातै जूनी भेट हुने छैन तिम्रो भरिभराउ र उज्ज्वल जिवनका लागि ।

 म जुन बनेर तिमीलाई शितलता छर्न चाहन्थे, फुल बनेर बास्ना छर्न चाहन्थे, अनी तिम्रो मायामा पौडदै माछा झै बाँच्न चाहन्थे । तिमीसंगै ग्रेट्वाल चड्न चाहन्थे । सगरमाथाको शिरमा हाम्रो प्रेम पत्र बिछ्याउदै बिछोडमा तड्पनेहरुलाई मिलनको पाठ पढाउन चाहन्थे, तर मेरा यी लक्ष्यहरु बारमुडा ट्रयाङ्लमा खसे, म्रित सागरमा फसे अनी काचको गिलास सरी फुटे । म जतिसुकै कात्तर र कुरुप भए पनि हाम्रो मायाको हिरो बन्न चाहन्थे, तर आज तिम्रो तिरस्कारमा बिक्षिप्त बनेर जीवन र मृत्‍युको दोसाधमा छट्पट्टाइ रहेछु केबल मृत्‍युको पर्खाइमा ।

 त्यसैले,
मेरा आँखाहरुले तिम्रो बाटो रोजे, तिमीले त्यसलाई कुल्चेर जानु,
कसैले हाम्रो प्रितिबारे सोधे तिमीले त्यसलाई नाइ कथा हो भनिदिनु ।

रामचन्द्र कार्की
आपपिपल -४, राईगाउँ गोरखा
हाल : महेन्द्रपुल, पोखरा
नेपाली प्रेमपत्र ( निस्ठुरीलाई अन्तिम पत्र )

3 comments:

  1. Love प्यार प्रेम माया यो सृष्टि को अमूल्य उपहार जीवन मा सबैलाई एक चोटी माया अवश्य हुन्छ होला।
    अनेको कथा माया-प्रेम का त छन आज म हजुरलाई एक प्रेम कथा सुनाऊ छु मन परेसि Share गर दिनु होला येती अनुरोध गर्दै मेरो कथा को शुरुवात गर्छु ल....��
    �� यो कथा हो "अनामिका" र अर्पण को
    बदलियो को नाम एक अरका संग कुनै मतलब न रखने अनामिका र अर्पण कसरी एक अरका को माया मा परे अनि उनको जीवन मा केके मोड़ आउदै गए यो येस कथा मा भनियो को छ....
    ��Note धेरै लामो न लेखेर म यो कथा को एक भाग मात्र लेख छु साथीहरु भन्दीनु हो ला यो कथा मा कसको गलती को कारणले गर्दा उनीहरु को बिछोड भयो।

    "मेरी माया"
    राति ९.४५ मिनट मा अर्पण एक्लै रोड़ मा हिड़ीरहेको अवस्था...�� को रिंग बज्यो मोबाईल हेरदै अर्पणले फोन उठायो
    उता बाट "अनामिका" रुदै भन छन अर्पण तिमि मलाई माया गारछौ भने अहिले आयेर मलाई लियेर जाउ म अब याहा बसन सक्दिन तिमि बाहेक मलाई बुजने को छ यो संसार मा अर्पण plz मलाई लियेर जाउ...अर्पण,"अनामिका तिमि यो के भन्दै छउ के भो,भन अनामिका के भो" तिमि छिटो आउ अर्पण म अब याह एक छिन पनि बसदिन...फोन cut भो यो mobile को battery पनि अहिले निह सीधिने हो...mobile phone खलती मा हलदै अर्पण अनामिका को घर थीर दुगुरदै.....
    हाफदई अर्पण ले भने के भो अनामिका रुदै उसको अंगलो मा लागेर भनि आमले रात दिन उठदा बसदा मलाई बेईजत गर्छन् (उसले बुजि हलेयो की आमा छोरी को बोला बोल भये छ...)
    ठीकै छ तिम्रो यो इच्छा छ भने ल जाउ
    केहि पाईला गए पछि "अनामिका अचानकै रोकिन अनि भन्छन् अर्पण म तिमि संग जान सक्दिन,किंन अनामिका तिमले त भनेको हउ अब के भयो, होईन अर्पण म तिमि संग भागे मेरो बुआ को इज्ज़त खराब होला अनि म कुनै पनि अवस्था मा आफ्नो बुआ को इज्ज़त फालदिन अनि किं फेरी मलाई यो राति बोलएको मलाई रीश उठेको थियो तेसैले गर्दा अर्पण येस्तो न गर अनामिका हामीलाई राम्रो मौका मिलेको छ जाउ भगौ याहा बाँट ठाढ़ा तिम्रो बुआ र आम कहिले हामीलाई एक हुन दिने छैनन मेरो माया लाइ बुझ अनामिका जाउ soory अर्पण तर म मेरो आमा बुआ को बेईज्ज़त गराउन चाहदिन मलाई थाह छ मेरो मामुले र बुआ ले हामीलाई एक हुन दिनेवाला छैनन तर म के गरु अर्पण मेरो बुआ मलाई धेरै माया गरछन म उनको मन दुखाउदिन मलाई माफ़ गर अर्पण म तिमि संग भागन सक्दिन I Am Sorry अर्पण....भन्दई अनामिका घर थीर फर्किंन...
    अर्पण रुदै भनेयो "चार पाईला त मेरो साथ हींड़न सकेनउ ज़िन्दगी भर के साथ दिनथीयो अनामिका" अर्पण धर फरको अनि आफ्नो मामुलाई भानयो मामु तिमले जहा भन्छु तेहि बिहे गर्छु अनि अर्पण ले बिहे गरेयो...अब भननुस साथीहरु कसको गलती थियो "अर्पण" को की "अनामिका" को आफ्नो प्रतिक्रिया अवश्य दिनु होला।
    �� लेखकः ✒सुरज अरमानी।

    ReplyDelete
  2. Love प्यार प्रेम माया यो सृष्टि को अमूल्य उपहार जीवन मा सबैलाई एक चोटी माया अवश्य हुन्छ होला।
    अनेको कथा माया-प्रेम का त छन आज म हजुरलाई एक प्रेम कथा सुनाऊ छु मन परेसि Share गर दिनु होला येती अनुरोध गर्दै मेरो कथा को शुरुवात गर्छु ल....🍃
    🍁 यो कथा हो "अनामिका" र अर्पण को
    बदलियो को नाम एक अरका संग कुनै मतलब न रखने अनामिका र अर्पण कसरी एक अरका को माया मा परे अनि उनको जीवन मा केके मोड़ आउदै गए यो येस कथा मा भनियो को छ....
    📝Note धेरै लामो न लेखेर म यो कथा को एक भाग मात्र लेख छु साथीहरु भन्दीनु हो ला यो कथा मा कसको गलती को कारणले गर्दा उनीहरु को बिछोड भयो।

    "मेरी माया"
    राति ९.४५ मिनट मा अर्पण एक्लै रोड़ मा हिड़ीरहेको अवस्था...📲 को रिंग बज्यो मोबाईल हेरदै अर्पणले फोन उठायो
    उता बाट "अनामिका" रुदै भन छन अर्पण तिमि मलाई माया गारछौ भने अहिले आयेर मलाई लियेर जाउ म अब याहा बसन सक्दिन तिमि बाहेक मलाई बुजने को छ यो संसार मा अर्पण plz मलाई लियेर जाउ...अर्पण,"अनामिका तिमि यो के भन्दै छउ के भो,भन अनामिका के भो" तिमि छिटो आउ अर्पण म अब याह एक छिन पनि बसदिन...फोन cut भो यो mobile को battery पनि अहिले निह सीधिने हो...mobile phone खलती मा हलदै अर्पण अनामिका को घर थीर दुगुरदै.....
    हाफदई अर्पण ले भने के भो अनामिका रुदै उसको अंगलो मा लागेर भनि आमले रात दिन उठदा बसदा मलाई बेईजत गर्छन् (उसले बुजि हलेयो की आमा छोरी को बोला बोल भये छ...)
    ठीकै छ तिम्रो यो इच्छा छ भने ल जाउ
    केहि पाईला गए पछि "अनामिका अचानकै रोकिन अनि भन्छन् अर्पण म तिमि संग जान सक्दिन,किंन अनामिका तिमले त भनेको हउ अब के भयो, होईन अर्पण म तिमि संग भागे मेरो बुआ को इज्ज़त खराब होला अनि म कुनै पनि अवस्था मा आफ्नो बुआ को इज्ज़त फालदिन अनि किं फेरी मलाई यो राति बोलएको मलाई रीश उठेको थियो तेसैले गर्दा अर्पण येस्तो न गर अनामिका हामीलाई राम्रो मौका मिलेको छ जाउ भगौ याहा बाँट ठाढ़ा तिम्रो बुआ र आम कहिले हामीलाई एक हुन दिने छैनन मेरो माया लाइ बुझ अनामिका जाउ soory अर्पण तर म मेरो आमा बुआ को बेईज्ज़त गराउन चाहदिन मलाई थाह छ मेरो मामुले र बुआ ले हामीलाई एक हुन दिनेवाला छैनन तर म के गरु अर्पण मेरो बुआ मलाई धेरै माया गरछन म उनको मन दुखाउदिन मलाई माफ़ गर अर्पण म तिमि संग भागन सक्दिन I Am Sorry अर्पण....भन्दई अनामिका घर थीर फर्किंन...
    अर्पण रुदै भनेयो "चार पाईला त मेरो साथ हींड़न सकेनउ ज़िन्दगी भर के साथ दिनथीयो अनामिका" अर्पण धर फरको अनि आफ्नो मामुलाई भानयो मामु तिमले जहा भन्छु तेहि बिहे गर्छु अनि अर्पण ले बिहे गरेयो...अब भननुस साथीहरु कसको गलती थियो "अर्पण" को की "अनामिका" को आफ्नो प्रतिक्रिया अवश्य दिनु होला।
    📝 लेखकः ✒सुरज अरमानी।
    mob:+9779868925414/+918928#61779

    ReplyDelete

Search