***चाल पायौ मोरी*** - Palpali Milan

Recent

11 November 2011

***चाल पायौ मोरी***


चाल पायौ मोरी भुँडी ठुलो भए पछी ।
माया गर्छु भन्ने बिर्खे छोडि गए पछी ।।

कती मिठो सपनामा रम्दै थियौ होला ।
बेचेन देख्छु तिम्रो सपना टुक्रिए पछी ।।

मेरो सामु ठुलो ठुलो धाक दिने तिमी ।
किन मौन पिरतिको घर भत्किए पछी ।।.
.


हातदेऊ भन्दा अर्को जन्म लिनु भन्यौ ।
ऐले आयौ साथ माग्न धोका खाए पछी ।।

चाल पायौ मोरी भुँडी ठुलो भए पछी ।
माया गर्छु भन्ने बिर्खे छोडि गए पछी ।।

रचनाकार
Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल
हाल- यु ए ई

**चाल पायौ मोरी**Nepali Gajal**

No comments:

Post a Comment

Search