लाजले भुतुक्कै - Palpali Milan

Recent

16 November 2011

लाजले भुतुक्कै


तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै ।
पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।।

समायौ तिम्ले कोमल हात जादुनै देखायौ ।
अनौठो लाग्यो तर्सेर उफ्रे चिच्याई बुरुक्कै ।।

Selective


नसालु रै'छ हेराई तिम्रो लठ्ठिए म त लौ ।
अचम्मै लाग्यो बेहोसी बनी डलेछु खुत्रुक्कै ।।


शरीर भरी जरो नै आयो सकिन सोच्न नी ।
निद्रा नै मेरो हरायो गाठे भागे म सुटुक्कै ।।

तिमीले आँखा जुझायौ भए लाजले भुतुक्कै ।
पसिना आयो बेस्मारी जिउ भयोनी लुथ्रुक्कै ।।
गजलकार
Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई )
लाजले भुतुक्कै

No comments:

Post a Comment

Search