*** अमर कथा *** - Palpali Milan

Recent

09 January 2012

*** अमर कथा ***


हरेक शताब्दीमा कुनै प्रेमीको अन्त हुन्छ रे
ती प्रेमी जोडी मरेर अमर कथा बन्छ रे

म पनि मौन प्रेम कथाको अन्त तीर छु
दुई आत्माको मिलनको प्रतिक्षामा छु

ती जोडीको मिलनलाई प्रेम-विवाह भन्छन् रे
ती जोडीको बिछोडलाई प्रेम-कथा भन्छन् रे

परेवाले पनि डाह गर्थे देखि जोडी राम्रो
खरानी बनाई बगाई छोड्यो माया प्रिती हाम्रो 




म पनि शताब्दीकै एकल प्रेमी रहेछु
तिम्रै नाममा मरेर नै अमर कथा बन्छु



निता के.सी. भट्टाराई
लैनचोर काठमाडौँ

 *** अमर कथा ***

No comments:

Post a Comment

Search