** आँट छैन तिम्रो नाममा एउटा पत्र लेख्न पनि । ** - Palpali Milan

09 January 2012

demo-image

** आँट छैन तिम्रो नाममा एउटा पत्र लेख्न पनि । **

Bimala+devi+adhikari
वचनले बाँधी दियौ तिम्लाई सामु देख्न पनि
आँट छैन तिम्रो नाममा एउटा पत्र लेख्न पनि।

सारा आसुँ तस्विर माथि खासालेर रुँदै बसें
चाहेर नि सकिन खै आँशुको मूल छेक्न पनि।

देखावटी नभएर साँचो मायाँ थियो मेरो
गडी सक्यो मुटु भित्र निकालेर फेक्न पनि

व्यर्थ भयो जीवन मेरो विस्वासमा पर्दा आज
चोट लाग्यो मुटु भरी सकिन खै सेक्न पनि ।





भरोसाको बाँध फुट्यो माया माथि घात हुँदा
गाह्रो भयो गन्तव्यको संघारमा टेक्न पनि ।


गजलकार 
बिमला अधिकारी {देवकोटा}

भरतपुर चितवन

Search

Contact Form

Name

Email *

Message *