सिन्दुर पोते रातै लाऊ मै मरेर गएनी
गगन तिरै भेट्न आँऊ मै मरेर गएनी

भन्छन् समाज विधुवा तोड्न पर्छ त्यो बन्धन,
मुखमा हाँसो देख्न पाँऊ मै मरेर गएनी

नफोरे है चुरा धागो गहना हो नारी तिम्रो
एकै छाक नबारी खाँऊ मै मरेर गएनी



आएको छ लोकतन्त्र नारी पुरूष एकै हुन्
मन्दिर गुम्बा सबै जाऊ मै मरेर गएनी

बाचा गर स्वामीको श्रीमती हौ भने मेरो
अधिकारको गीत गाऊ मै मरेर गएनी 

गजलकार
Jane Tamu " Gyanendra "
Dhading - Nepal

 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.