** यो मन बाट हटाई आऐँ लौ !! ** - Palpali Milan

Recent

09 January 2012

** यो मन बाट हटाई आऐँ लौ !! **





आफ्नै मन यो एकान्तमा खटाई आऐँ लौ
सम्झनाका माल सामान पठाई आऐँ लौ !!

जस्ले गर्यो विरुद्धमा मेरै मिथ्या कुरा,
सात समुन्द्र ऊसैलाइ कटाई आऐँ लौ !!

ठिकै थियो माया अनी प्रेम जीन्दगीमा,
विछोडमा जोडहरु ती घटाई आऐँ लौ !!



युगौँ युग नबिर्सने झुटाकसम खानेलाई,
रिसको झोकमा नराम्ररी ठटाई आऐँ लौ !!

पिठ्यूँपछि छुरा रोप्दै माया गर्ने लाई,
सत्यकसम यो मन बाट हटाई आऐँ लौ !!


गजलकार 
दिर्गराज गिरी 'प्रियसी'
कैलाली नेपाल

2 comments:

  1. सानो देश भएर के भो मेरो देश महान छ ।
    दुई ढुङ्गाको तरुल, मेरो देश महान छ ।

    कसैसँग नझुक्ने विर गोर्खालीको सन्तान हामी ।
    यसकै लागि बाँचेका छौ मेरो देश महान छ ।

    मर्न पनि तयार छौ देशको रक्षा गर्नलाई
    गौतम बुद्धको देश यो, मेरो देश महान छ ।

    हे नेपाली दाजभाई देशको सिमा बुझनु छ
    बलियो बार लगाउनु छ, मेरो देश महान छ ।

    मित्र राष्ट्र भन्दा भन्दा नेपाली भूभाग खाइसके
    यसको रक्षा गर्नू छ, मेरो देश महान छ ।

    अब हामी जाग्नुछ परनिर्भरता त्याग्नुछ
    देश विकासमा जुटनु छ,, मेरो देश महान छ ।

    ReplyDelete
  2. Good Gajal, How to add gajal..............

    ReplyDelete

Search