दौरा सुरुवाल टालेर नै लाउने छु प्यारी । नेपाली गजल । योगेन ढोली । - Palpali Milan

Recent

09 February 2012

दौरा सुरुवाल टालेर नै लाउने छु प्यारी । नेपाली गजल । योगेन ढोली ।

मुग्लान बाट चाडै फीरी आउने छु प्यारी
बर्षौ पस्चात तिम्रो माया पाउने छु प्यारी

कती बगाउ खाडी भित्र रगत र पसिना
अब आफ्नै टारी खेत साउने छु प्यारी

चाहिएन मलाई कुनै विदेश को फेशन्
दौरा सुरुवाल टालेर नै लाउने छु प्यारी


यो मनमा भरिए का अनगिन्ती व्यथा
तिम्रो सामु गीत बनाइ गाउने छु प्यारी

टिनको छानो छाउने रहर त्यो झुपडीमा
कमाई छैन खरुकी ले छाउने छु प्यारी

मुटु भन्दा प्यारो रैछ आफ्नो पाखो बारी
तिमी संगै मेला पात धाउने छु प्यारी
गजलकार
योगेन ढोली
लुक्ला,सोलुखुम्बु
दौरा सुरुवाल टालेर नै लाउने छु प्यारी । नेपाली गजल । योगेन ढोली ।

No comments:

Post a Comment

Search