सानोमा हामी गोठालो जाँदा । नेपाली गजल । अस्मी जी.एम. । - Palpali Milan

Recent

13 February 2012

सानोमा हामी गोठालो जाँदा । नेपाली गजल । अस्मी जी.एम. ।

आमाले मार् या जुम्राको ढाडि कसरि भुलूं म?
बाबाले तार् या खहरे बाढी कसरि भुलूं म ?

सम्झना ल्यायो पपकर्नभन्ने भुटेको मकैले
खोपामा राख्या त्यो कालो हाँडी कसरि भुलूं म ?

सानोमा हामी गोठालो जाँदा बतासे पाखामा
जन्मेको काली भैंसीको पाडी कसरि भुलूं म


शहरी बन्न लागाई पेन्ट अस्तित्व मेटेर
गाउँमा लाको खद्दरे साडी कसरि भुलूं म?

पराइ भुमि सोफामा बसी गद्दमा सुतेर
घरमा भाको गुन्द्री र रांडी कसरि भुलूं म ? ?

गजलकार
अस्मी जी.एम.
पोखरा नेपाल

No comments:

Post a Comment

Search