** सिउँदो भर्न जलिदिन्छु ** - Palpali Milan

Recent

03 February 2012

** सिउँदो भर्न जलिदिन्छु **

मन्दिरमा दीप बनेर कामनाहरु पुरा गर्न जलिदिन्छु
मन्डपमा पवित्र शाक्षी बनी सिउँदो भर्न जलिदिन्छु

भित्रभित्रै छट्पटिन्छु म अथाह पिँडा बोकेर बल्नुको
खुशीहरु आफु सम्म पुग्नु अघिनै रोकेर जलिदिन्छु


मैले मायाँले छुदाँ पनि खरानी बन्छ मेरो रहरहरु
ज्वाला हुँ त्यसैले स्मसानमा बैरागिएर जलिदिन्छु


बेवारिस छु म छैन कोही सखा सम्बन्धी मेरो
कहिं कोही कहिल्ले नहुनुको बेदनामा जलिदिन्छु
गजलकार
अनु शाह
काठमाडौँ नेपाल हाल Waltham MA

No comments:

Post a Comment

Search