आफ्नै मुटु जलाएर तापौ कसरी ? गजल । साबित्रा लुइँटेल घिमिरे । - Palpali Milan

Recent

27 February 2012

आफ्नै मुटु जलाएर तापौ कसरी ? गजल । साबित्रा लुइँटेल घिमिरे ।

आँखा भित्र उसैलाई राखौ कसरी ?
उस्कै निम्ती भगवान भाकौ कसरी ?

नजरको तीर हानी पार्न भुतुक्कै
निसानामा उसैलाई ताकौ कसरी ?

हृदयले आफ्नो मान्दा भयौ पराइ
सम्बन्धको दुरी हाम्रो नापौ कसरी ?


विछोडले पोल्छ मुटु एक्लो हुँदामा
आफ्नै मुटु जलाएर तापौ कसरी ?

चुइदै छ आशु आज छानो फाट्यो कि ?
गलाएर आत्मा आफ्नो छापौ कसरी ?

गजलकार
साबित्रा लुइँटेल घिमिरे
झापा

No comments:

Post a Comment

Search