*** अजम्बरी को नै छ र ? *** - Palpali Milan

Recent

03 February 2012

*** अजम्बरी को नै छ र ? ***

आकाशमा देख्ने तारा मिर्मिरेमा झर्नै पर्छ
अजम्बरी को नै छ र? पक्कै पनि मर्नै पर्छ


बाँचुन्जेल हाँसौ खेलौं किन गर्नु रिस राग
हातेमालो गरौं अब लौ न जन अब जाग
यदि तिमी मान्छे हौ त मन्का ईर्ष्या हर्नै पर्छ
अजम्बरी को नै छ र पक्कै पनि मर्नै पर्छ


नाङ्गै आयौ यो धर्तीमा नाङ्गै तिमी भोली जान्छौ
के थियो र हिजो ल्याको?भोली फेरि के नै लान्छौ?
आखिरमा अदृश्य त्यो संसारमा सर्नै पर्छ
अजम्बरी को नै छ र पक्कै पनि मर्नै पर्छ


सोच सम्झ मनन् गर दु:ख दिए पाप हुन्छ
सेवा गर मानवको पुण्य गरे स्वर्ग छुन्छ
साँच्चै अब आजै देखि राम्रो काम गर्नै पर्छ
अजम्बरी को नै छ र पक्कै पनि मर्नै पर्छ


आकाशमा देख्ने तारा मिर्मिरेमा झर्नै पर्छ
अजम्बरी को नै छ र पक्कै पनि मर्नै पर्छ
गीतकार
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Search