उनलाई पाउनलाई मैले
दिन रात छिन धाए
आज बल्ल जिन्दगीमा
मैले उनको साथ पाए
उनलाई आफ्नो बनाउनलाई
धेरै धेरै त्याग गरे
दुःख सुख बाडी गर्ने
मत उनको भर परे
उनी बिना मेरो जीवन
आज के के हुन्थ्यो होला
दःख चोट पिडा अनि
वेदनाले छुन्थ्यो होला
भन्ने गर्थे पैले पैले
साथी भाईको जोडी भए
आफु एक्लै किन होला
यसरी नै बित्ने होकी
जिन्दगीको चोला
तर आज यो क्षणमा
मैले उनको साथ पाए
परि रुपी जिन्दगीलाई
सुन्दरताले छाए
जिन्दगीमा गोरेटोका
काडाँहरु फाडौँ
दुःख सुख मिलाएर
आपसमा बाडौँ ।
रचनाकार
ईश्वर पाण्डेय
शंकरनगर – ४
रुपन्देही नेपाल
No comments:
Post a Comment