आशुँका छालहरु संग । नेपाली कविता । सन्जना खड्का । - Palpali Milan

Recent

13 February 2012

आशुँका छालहरु संग । नेपाली कविता । सन्जना खड्का ।

आशुँका छालहरु संग
म छलाङ मारिरहदा
तिमी बगेनौ दु:ख ले
बिमोचित चोटहरु बोकेर
म पौडीरहदा
कहिल्यै धाप मारेनौ मेरा आर्तनादहरुमा
केवल चिहाइरह्यौ किनारा बाट
कहिले म डुबेको
कहिले म तैरिएको

हो,
शायद पहिरोको बुटयान थिए म
पुरिय तिम्रो समिप मा
तर मुस्कुराइरहनु तिमी
यो पहाड पारीको
त्यो हिमाल झै ।।

कवियत्री
सन्जना खड्का
काठमाडौं नेपाल
हाल जेनेभा स्विजरल्यान्ड ।
आशुँका छालहरु संग  ।  नेपाली कविता । सन्जना खड्का ।

1 comment:

  1. भिजेको सिरानी छ
    मृत्‍युसैयाको निन्द्रा छ
    सम्सान घाट्को बास छ
    कबाबमा आसु मिसिएको गास छ
    एउटा छैन
    धेरै छ यहाँ
    आसु पिएर् लुटिएको मन छ
    बेअस्तितोले लुटेयको छ
    आफ्नैले भुटेके आत्मा छ
    बसाई सरेको छाया छ
    खुशीले छाल् हानेको छ
    भाग्गे र देप्तासँग मुद्दा परेको छ
    लुटेको जिउदो शरीर छ

    ReplyDelete

Search