** माझी दाइलाई त्रिसुलिको तीर भो जिन्दगी ** - Palpali Milan

Recent

04 February 2012

** माझी दाइलाई त्रिसुलिको तीर भो जिन्दगी **

हुने खानेलाई सधैंभरि खिर भो जिन्दगी
हुँदा खानेलाई रोटि पोल्ने झिर भो जिन्दगी

कसैलाई तरबार भयो कसैलाई दरवार
माझी दाइलाई त्रिसुलिको तीर भो जिन्दगी

दुखियालाई घोटीएर बाँच्नु पर्ने सधैँ
कैले सम्म मैदान कैले भिर भो जिन्दगी


फेरिन्छ नै भन्थे एकदिन गरिबको चोला
हातमुख जोर्न सधै यहाँ पिर भो जिन्दगी

काम- माम नपाएर इमान बेच्नु पर्दा
प्रवाशमा निहुरिएको शिर भो जिन्दगी

गजलकार
रेशम बोहोरा
धादिंग हाल बहराइन

No comments:

Post a Comment

Search