Folder Locking Tips In Nepali - Palpali Milan

Recent

18 March 2012

Folder Locking Tips In Nepali

आजको बसाइमा दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने साथीहरुलाई कुनै न कुनै बखतमा आवश्यक पर्ने फोल्डर लकरको रुपमा बताउन गइरहेको छु । Folder Locker   एउटा यस्तो सफ्टवयर हो जसले हजुरको महत्वपुर्ण फाइलहरुलाई सुरक्षित तरिकाले राख्न सघाउछँ । यस्तो सफ्टवेयरहरु हजुरले इन्टरनेट प्रयोग गरी शशुल्क वा निःशुल्क रुपमा डाउनलोड गर्न सक्नुहुन्छ तर म आज हजुरलाई एउटा अत्यन्तै सजिलो टिप्स बताउन गइरहेको छु । जसको प्रयोगले हजुरले बिना कुनै डाउनलोड मात्र केही मिनेटमा हजुरको आफ्नै Free Folder Locker बनाउन सक्नुहुनेछ । जसको लागि
1.सर्वप्रथम तलको बक्समा दिएको कोड कपि गर्नुहोस ।
Note: तलको कोडमा मैलै Password cyberlover राखेको छु । हजुरले आफुलाई मनपरेको Password राख्नको लागि तलको  कोडमा रातो कलरमा लेखिएको cyberlover लाई हटाई आफुलाई मनपरेको Password राखेर मात्र कपि गर्नुहोला । Folder Locking Tips In Nepali
cls
@ECHO OFF
title Folder Locker
if EXIST "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}" goto UNLOCK
if NOT EXIST Locker goto MDCAPRIOFILES
:CONFIRM
echo Are you sure to Lock this folder? (Y/N)
set/p "cho=>"
if %cho%==Y goto LOCK
if %cho%==y goto LOCK
if %cho%==n goto END
if %cho%==N goto END
echo Invalid choice.
goto CONFIRM
:LOCK
ren Locker "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
attrib +h +s "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
echo Folder locked
goto End
:UNLOCK
echo Enter password to Unlock Your Secure Folder
set/p "pass=>"
if NOT %pass%== cyberlover goto FAIL
attrib -h -s "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
ren "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}" Locker
echo Folder Unlocked successfully
goto End
:FAIL
echo Invalid password
goto end
:MDCAPRIOFILES
md Locker
echo Locker created successfully
goto End
:End

2. अब नोटप्याट खोली माथीको कोड पेस्ट गर्नुहोश र चित्रमा जस्तै ( locker.bat ) नाम दिएर Desktop मा सेभ गर्नुहोस ।


3. अब यति गरीसकेपछि हजुरले Desktop मा एउटा नयाँ आइकलन देख्नुहुनेछ । त्यसमा क्लिक डबल क्लिक गर्नुभयो भने चित्रमा जस्तै Locker नामको एउटा नयाँ फोल्डर बन्छ । 

4. अब त्यो नयाँ फोल्डर Locker भित्र हजुरले सुरक्षित रुपमा वा लुकाएर राख्न चाहानुभएको हजुरको महत्वपुर्ण फाइलहरु कपि गरेर राख्नुहोस ।

5. अब त्यो फोल्डरलाई लक गर्न चित्रमा देखाएको आइकनमा डबल क्लिक गर्नुहोस र त्यसपछि खुल्ने नयाँ पेजमा y लेखी Enter दबाउनुहोस ।

6. यति गरेपछि हजुरको फोल्डर लक हुन्छ र हाइड हुन्छ । अब हजुरको लक भएको फोल्डर खोल्न चित्रमा देखाइएको आइकनमा क्लिक गरेपछि खुल्ने नयाँ पेजमा हजुरको पासवर्ड टाइप गरी Enter दबाउनुहोस ।

यति गरेपछि हजुरले लक गरेको फोल्डर देखिन्छ । अब फेरी केही कुरा राख्न मन लागेमा कपि पेस्ट गरेर त्यो फोल्डर भित्र राख्नुहोस र लक गर्नको लागि फेरी स्टेप 5 माझैँ गर्नुहोला र खोल्नको लागि स्टेप 6 माझैँ गर्नुहोला ।

अनि यो टिप्स मनपराउनुभयो भने सुटुक्क शेयर गर्नुहोला । धन्यवाद ।

No comments:

Post a Comment

Search