मनको माया अन्तै थमाएर आएँ । गजल । कल्पना राई । - Palpali Milan

18 March 2012

demo-image

मनको माया अन्तै थमाएर आएँ । गजल । कल्पना राई ।

calpana+rai
मनको माया अन्तै थमाएर आएँ
अथाह पीडा भित्रै दबाएर आएँ ।।

सपना बुन्दै वर्षौ बितेर गएछ,
पलमै दिव्य चाह गुमाएर आएँ ।।

फलाम हैन मन मेरो पनि बुझ,
बगेको आशुँ दह जमाएर आएँ ।।


सकिन तिता मिठा क्षणहरु भुल्न,
रगत धारा आफ्नै बगाएर आएँ ।।

नसोध दुख्छ कति वियोगमा छाती,
उनैको खुसी सम्झी रमाएर आएँ ।।

निस्वार्थ माया त्याग बलिदान हुन्छ,
हुदैन स्वार्थ भनी बताएर आएँ ।।

गजलकार
कल्पना राई
दोलखा नेपाल ।

Search

Contact Form

Name

Email *

Message *