*** संजयजिका गजलहरु *** - Palpali Milan

Recent

31 August 2012

*** संजयजिका गजलहरु ***


Gajalkar Sanjay Kumar Khadka** हात माग्या त हो **

के मागे र!झस्क्यौ तिमी तिनै हात माग्या त हो
यात्रा संगै तय गर्न तिम्रै साथ माग्या त हो !!

तिम्रो साथ पाएँ भने सुनौलो त्यो जिन्दगी नै
सधै भरी नभए नी एउटै रात माग्या त हो !!

कुराले नै मन्त्रमुग्द बनाउने धोको मेरो
माया गर्न जान्दिन र मिठा बात माग्या त हो !!




बेलैमा नै चाखी हेर मधुर मिठो रस कस्तो
यौवनको मस्तमग्न थोरै मात माग्या त हो !!

मायामा नै शक्ति हुन्छ निस्वार्थले भरिएको
बुझिदेउन सानु मायाको नै खात माग्या त हो !!


** बन्द गरे पुग्यो **

लाग्छ मुर्खै मुर्खको देश सधै बन्द गरे पुग्यो
धेरै क्रान्ति आए गए आखिर युवा मरे पुग्यो !!

गरीबका नाममा आए नारा धेरै कति कति
नेता अरुको के खाँचो ! आफ्नै धोक्रा भरे पुग्यो !!

भित्र भित्रै सल्की सक्यो धमिराले खायो सबै
जरै सित ढले पनि हाँगा मात्रै सरे पुग्यो !!

धनको हुंकार चल्दा जब न्याय अझ कता पर्यो
उसकै पछी लागे सबै झन् सडकमा झरे पुग्यो !!

हातमा बल जमेकै छ ज्यानै लीए पनि यहाँ
किन ! डर्छौ जन देखि अब सीमा तरे पुग्यो !!



** कहाँ पुग्छ होला **

पैसा जति कमाएनी मान्छे कहाँ पुग्छ होला
आखिर अन्त्य सास छाडी त्यही बाट रुक्छ होला !!

समयको पावन्धिमा चल्दा चल्दै एक दिन
दुनिया नै छाडी गए माया दिन चुक्छ होला !!


जिन्दगीको चोला यस्तै पात झर्छ नयाँ आउँछ
आफन्तको मायाले नै भित्रि मन दुख्छ होला !!

कहाँ दुख्छ भन्न गार्हो देखाउने घाउ छ र ?
माया सर्दै गए पछी आलो घाउ सुक्छ होला !!

दुई दिन बाच्ने दुनियामा हांसी हांसी बाचौ हामी
हांसी हांसी बाच्यौ भने धर्ति पनि झुक्छ होला !!


गजलकार
संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल - साउदीअरब

Search