****सक्दिन कि ***** - Palpali Milan

23 September 2011

demo-image

****सक्दिन कि *****



kk

चाहेर पनि तिमीलाई पाउन सक्दिन कि
तिमीसँग चोखो माया लगाउन सक्दिन कि



तिमीसँग सगैँ बाच्ने कल्पनामा बसेपनि
तिमीलाई भेट्न तिम्रो घर धाउन सक्दिन कि

..
..




जीन्दगीको हर पलमा तिमीलाई सोचे पनि
चाहेजस्तो मायाको गित गाउन सक्दिन कि


तिम्रो काखमा जीवन अन्त्य गर्ने मन भएपनि
कहिले पनि तिम्रो नजिक आउन सक्दिन कि


चाहेर पनि तिमीलाई पाउन सक्दिन कि
तिमीसँग चोखो माया लगाउन सक्दिन कि





मिलन थापा
हाल Mumbai, Maharashtra
भारत

Search

Contact Form

Name

Email *

Message *