*** रोजे मैले तिमी एउटै *** - Palpali Milan

26 December 2011

demo-image

*** रोजे मैले तिमी एउटै ***

आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।
जीवनको साथी आज खोजे मैले तिमी एउटै ।।

अप्सरानै हौकी तिमी मेरो आँखा यस्तो होकी ।
कहाँबाट आयौ तिमी सौन्दर्यको खानि बोकी ।।

मेरो सारा दु:ख बुझ्ने भेटे मैले तिमी एउटै ।
आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।।

बाचिदिन्छु तिमी सँगै खुशी दीइ सयौ जूनी ।
चोखो माया दिन्छु सधैं मत हेर तिम्रै हुनी ।।


फुलहरुको भिड भित्र देखे मैले तिमी एउटै ।
आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।।

आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।
जीवनको साथी आज खोजे मैले तिमी एउटै ।।
jalan+Dai+jhutrejetha

Search

Contact Form

Name

Email *

Message *