तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना - Palpali Milan

01 January 2012

demo-image

तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना

यो वर्ष को जन्म दिनमा पनि साथ भैंन
तिम्रो याद बिना यहाँ हड्कन चल्या छैन

तिम्रो उज्वल भबिस्यलाइ बनाउछु भन्दै
आँसु पिउदै बसेको छु दिन रात गन्दै

छोडी आउदा छैटौ ऋतु पुरा गर्दै थियौ
अहिले तिमि दसौ ऋतु हिड्दै गर्ने भयौ

साथि सम्झी भन तिमि मनका कुरा खोलि
सुनिरहू जस्तो लाग्छ तिम्रो मिठो बोलि

ठुलो लाइ आदर गर्नु सानालाई माया
दिन सकु यो आमाले तिम्लाई सितल छाया


हिड्दा ठेस नलागोस है मनमा चोट पनि
थाम्छु तिम्रो हरेक दुख दैव सित भनि

तिम्रो मनको नजिक बसी बुज्न सकु भाबना
तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना
तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना

Bimala+devi+adhikari



बिमला अधिकारी {देवकोटा}

भरतपुर चितवन
तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना


Search

Contact Form

Name

Email *

Message *