** हाम्रो नेपाल ** - Palpali Milan

10 January 2012

demo-image

** हाम्रो नेपाल **


Dambar+Poudel+Dhankuta+Nepal

नेपाललाई उच्च राख्ने, सेतै हिमाल
गैडा,हात्ती,बाघ,भालु, डाँफे मुनाल
हिमाल पहाड तराईका, सबै नेपाली
विश्वले नै सम्मान गर्ने, भन्दा गोर्खाली

सार्वभौम सम्पन्नको, विशाल छाती हाम्रो
सबै जात जाती धर्म, मिल्ने बानी राम्रो

सगरमाथा देशको शान, बग्छन हिम नदी
आफ्नै भाषा संस्कृतीमा, रमाउने छ बानी

डाडा काडा छहरा छन्, स्वर्ग झैँ सुन्दर
प्रकृतीले सुशोभित , देखिन्छ उर्वर
नमेटियोस प्रकृतीले, सुन्दर रचना
रक्षा गर्न सबले मिली, दिनु छ वचन 

डम्बर पौडेल 
चानुवा -८, धनकुटा 
हाल :- कतार

Search

Contact Form

Name

Email *

Message *