तिम्रो मनको बगैंचामा फुल्न पाए हुन्थ्यो
तिम्रो मिठो बातहरुमा भुल्न पाए हुन्थ्यो
जीवन भरि तिम्रै न्यानो स्पर्शमा बसी
तिम्रो मन मुटु भरि डुल्न पाए हुन्थ्यो
संसार कति रमाइलो छ जिउन जाने देखि
अन्धकारमा जुन बनी खुल्न पाए हुन्थ्यो
जति टाढा हुदै गयो उति याद आउछ किन ?
सपनीमा भए पनि ,संगै झुल्न पाए हुन्थ्यो
गजलकार
बिमला अधिकारी देवकोटा
भरतपुर नेपाल
No comments:
Post a Comment