**** शहीद **** - Palpali Milan

30 January 2012

demo-image

**** शहीद ****

Rajesh+Rumba+Lamaआगो भन्दा तातो
हिउँ भन्दा चिसो
मुटु बोक्नेहरु
देशको लागि बलिदानि दिनेहरु
मलाई शहीदको परिचय देउ

एउटा दस्तावेज बनाउनु छ
रिक्त मष्तिस्कहरुमा खनाउनु छ
देशको मर्म
आफ्नो धर्म
फटाएको गुन्युभित्र
जसोतसो धानेका शर्म
सबै सबै आङमा बोकेर
बैरी शत्रु सीमामा रोकेर
मर्नेहरु शहीद हुन् की?



दलगत स्वार्थ बोकी
पार्टीको झण्डा बोक्नेहरु
झुटा गफ दिदैं
नेता बनि खोक्नेहरु
या दिनदहाडै बन्दुक तेर्‍यासाउनेहरु
सिधै आम जनता सेर्‍याउनेहरु
गुण्डाराज गर्ने गंगटाहरु पो
शहीद हुन्?

म दोधारिएं
निकास देउ
शहीदको परिचय देउ
छिट्टै एउटा दस्तावेज बनाउनु छ
रिक्त मष्तिस्कमा खनाउनु छ
किनकी भोलीका दिनमा
नेपाल बन्द नहोस
कवी
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

Search

Contact Form

Name

Email *

Message *