*** गुलाबको नशालु सुवासमा *** - Palpali Milan

30 January 2012

demo-image

*** गुलाबको नशालु सुवासमा ***

Sudhir+Khobi
गुलाबको नशालु सुवासमा मदहोस हुन्छुं बेहोस जस्तै
कमलको रसिलो सौन्दर्यमा रसातूर हुन्छुं बेहोस जस्तै

भीर पाखा अप्ठ्यारोम जब अल्झिन्छ यो जिन्दगि
सुनगाभा जस्तै संधैं टिक्न नसकी, हुन्छुं बेहोस जस्तै

जिन्दगीमा जब चढ्न थाल्छ खुशीका अपार लालिमा
लालुपाते झैं सिउरि दिन नपाए, हुन्छुं बेहोस जस्तै



सयपत्री , बेली, चमेली , गुणकेशरी फूल अनेक थरि
पलाँस भनेर नहेप्नु , हेपे हुन्छुं बेहोस जस्तै

यो जिन्दगि बगैचा जस्तै, फुल्छन् भावका फूलहरु
उपेक्षित नजरले नकुल्चिनु , कुल्चे हुन्छुं बेहोस जस्तै
गजलकार
सुधीर ख्वबि
ललितपुर नेपाल

Search

Contact Form

Name

Email *

Message *