रुँदै छिन रे बुढी आमा,बिलौना गरि !!!! - Palpali Milan

18 January 2012

demo-image

रुँदै छिन रे बुढी आमा,बिलौना गरि !!!!

Rajesh+Rumba+Lama

पाती फुल्यो अरे हजुर,मेरो खेतै भरि
रुँदै छिन रे बुढी आमा,बिलौना गरि

माना रोप्दा त्यहि खेतमा,मुरी फल्ने गर्थ्यो
अभाव हुँदा दुई पैशाको,धान बेचेरै टर्थ्यो
हुर्क्या छोरा खाडी लाग्दा,धनको पछी परि
रुँदै छिन रे बुढी आमा,बिलौना गरि


पाती फुल्यो अरे हजुर,मेरो खेतै भरि
रुँदै छिन रे बुढी आमा,बिलौना गरि

साँच्चै धनको पछी परि,आएँ खोला तरी
बल्ल थाहा भो मेरो भूमि,रहेछ स्वर्ग सरि
फर्किदै छु खानालाई,लेक बेंसी गरि
नरुनु है मेरी आमा,बिलौना गरि

पाती फुल्यो अरे हजुर,मेरो खेतै भरि
रुँदै छिन रे बुढी आमा,बिलौना गरि

गीतकार
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

Search

Contact Form

Name

Email *

Message *