**** जलेको मुटु वेचैनी आत्मा **** - Palpali Milan

06 February 2012

demo-image

**** जलेको मुटु वेचैनी आत्मा ****

Laxman+Bhantana+Sireesh
आँशुले भित्रै रुझेका आँखा ढाक्ने पो किन हो
जलेको मुटु वेचैनी आत्मा ताक्ने पो किन हो

ठान्दैछुँ एक्लो मान्छेको माझ दुनियाँ हाँस्दैछ
पिडाको भारी बोकेर जिवन हाक्ने पो किन हो

चुक्चुकी मान्दै फर्कियौ तिमी नटेकी सँघार
नौटंकी गर्दै दहमा प्रिती जाक्ने पो किन हो



लुटेर खुशी सुम्पियौ आज पराय हातमा
निशाना बाँधी आँखैले फेरी डाक्ने पो किन हो

भन्थ्यौ नि सधैं पुज्नेछु मैले देवता ठानेर
मनै छ पापी मुखले दैव भाक्ने पो किन हो

गजलकार
लक्ष्मण भन्तना "शिरिष"
अश्राङ्-४, गोर्खा हाल्- आबुधाबी

Search

Contact Form

Name

Email *

Message *