** मिलन दाजुको नेपाली गजल ** - Palpali Milan

07 February 2012

demo-image

** मिलन दाजुको नेपाली गजल **

Laxman+Milan+Bista
जब म गजल, लेख्दै जान्छुँ
अनेकौ पिडा, समेट्दै जान्छुँ

हुनत मलाई, प्रभाह छैन कुनै
र पनी कलम, लखेट्दै जान्छुँ

प्रत्यक शब्दमा,अतित बल्झिन्छ
दुख्दछ घाउ झन्, सेक्दै जान्छुँ



झल्किदा आगन, आँखा अगाडी
अछामी माटोमा, टेक्दै जान्छुँ

तँ को होस् भनेर.?नसोध गजल
बोझिलो जिवन, घचेट्दै जान्छुँ

गजलकार
लक्ष्मन मिलन विष्ट
कालिकास्थान, अछाम हाल मुम्बई
** मिलन दाजुको नेपाली गजल **

Search

Contact Form

Name

Email *

Message *