प्रेममा सफलता । नेपाली शायरी । ईश्वर पाण्डेय । - Palpali Milan

14 February 2012

demo-image

प्रेममा सफलता । नेपाली शायरी । ईश्वर पाण्डेय ।

Ishwor+Pandey
उनलाई पाउनलाई मैले
दिन रात छिन धाए
आज बल्ल जिन्दगीमा
मैले उनको साथ पाए

उनलाई आफ्नो बनाउनलाई
धेरै धेरै त्याग गरे
दुःख सुख बाडी गर्ने
मत उनको भर परे



उनी बिना मेरो जीवन
आज के के हुन्थ्यो होला
दःख चोट पिडा अनि
वेदनाले छुन्थ्यो होला



भन्ने गर्थे पैले पैले
साथी भाईको जोडी भए
आफु एक्लै किन होला
यसरी नै बित्ने होकी
जिन्दगीको चोला


तर आज यो क्षणमा
मैले उनको साथ पाए
परि रुपी जिन्दगीलाई
सुन्दरताले छाए


जिन्दगीमा गोरेटोका
काडाँहरु फाडौँ
दुःख सुख मिलाएर
आपसमा बाडौँ ।


रचनाकार
ईश्वर पाण्डेय
शंकरनगर – ४
रुपन्देही नेपाल

Search

Contact Form

Name

Email *

Message *