*** गज़ल लेख्छु सधै भरि *** गजल । खकेंद्र साउद "समर्पण" । - Palpali Milan

Recent

27 February 2012

*** गज़ल लेख्छु सधै भरि *** गजल । खकेंद्र साउद "समर्पण" ।

गज़ल लेख्छु सधै भरि तिम्रै वरिपरी
जिस्काउन्छन् एसो गरि किन थरि थरि

जति टाढा उति गाढा किन उनको माया
झ्याल बाट हेर्छ वारी आँखा तरी तरी

बोलाउला नजरले बुझ्नु इशाराले
नभन्नु है कसोहरी मेरी मनकी चरी


जाइजुइ,लज्जावती,शुर्यमुखी,शु-साधनी
मनभरी शुवास छरी,दिलकी सुनाखरी

निन्द्रा लाग्दा मेरो रानी मेरो हजुर भनि
बिछ्याउनु सरोबरी तिम्रो मनको दरी

गजलकार
खकेंद्र साउद "समर्पण"
हात्तिकोट-८,साउदटोल,अछाम

No comments:

Post a Comment

Search